समाचार

उपेन्द्रले फेरि उठाए संविधान संशोधनको कुरा, अहिलेको सरकारले सुशासनको लागि काम गरेको दाबी

काठमाडौं, २० चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नगरी समाजवादको यात्रामा पुग्न नसकिने बताएका छन् । आफ्नो दलसमेत सहभागी रहेको समाजवादी मोर्चाको आज (मंगलबार) आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले संविधान संशोधन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् ।

उनले अहिलेकै शासकिय स्वरुप र निर्वाचन प्रणालीबाट समाजवादको लक्ष्यमा पुग्न नसकिने दाबी गरे । यादवले भने,‘अहिलेको संविधानमा समाजवाद उन्मुख लेखेको भएपनि, अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हामी गरिरहेका छौं तपाईंहरुले तमासा हेरिराख्नुभएकै छ । यो तमासाबाट समाजवाद हुँदैन ।’

यादवले निर्वाचन प्रणालीपनि महँगो भएको टिप्पणी गरे । करोडौं खर्चिएर चुनाव जित्नेहरुले कसरी समाजवाद ल्याउँछ ? भनेर यादवको प्रश्न थियो । उनले अहिलेको सरकारले सुशासनको लागि काम गरिरहेको पनि दाबी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button