स्थानीय

हिलेदेखि नजिकै रहेर पनि उत्तरपानी ओझेलमा किन ?(भिडियो सहित)

धनकुटा । धनकुटामा रहेका पर्यटकीय स्थलहरु मध्ये एक पर्यटकीय नगरी हो उत्तरपानी । धनकुटा नगरपालिका वडा नम्बर दशमा रहेको उत्तरपानीमा दुई दशक अघि सम्म यहाँ धेरै पर्यटक पुग्थे । धेरै फिल्म सुटिङ हुन्थे तर अहिले सो स्थान सुनसान छ ।

उत्तरपानीको मुख्य आकर्षणको रुपमा रहेका पोखरी सुकेका छन्,शिक्षालयको सौन्दर्यता हराएको छ । हिलेवाट नजिकै रहेर पनि यो स्थान ओझेलमा छ ।

हिले बक्रकुण्ड मन्दिर पुग्ने पर्यटक पनि यहाँ सम्म पुग्दैनन् तर बक्रकुण्ड मन्दिरवाट पुर्वाधार निर्माण गरी चिया बगानै बगान उत्तरपानी झार्ने र उत्तरपानीका पोखरीहरु संरक्षण गर्ने हो भने उत्तरपानी धनकुटाको मुख्य पर्यटकिय गन्तब्य बन्नेमा दुई मत छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button