NRNA मा दर्जन षड्यन्त्रका कथा: अध्यक्ष भट्ट न एता न उता: कृष्ण के सी

कृष्ण के सी/अमेरिका,
NRNA का कर्मचारी माथि जालझेल दवाडी क. प्रवेस गराउन चलखेल भनेर गत जनवरी ३, २०१८ मा एउटा आलेख हलिउड्खबरमा पोस्ट गरेको थिएँ। त्यो कुरालाई तत्काल केही ब्यक्तिहरुबाट यो मुला बिरोधका लागि लेख्छ भन्दै प्रतिवाद नभएको होइन। म चुप बसे, तर हप्तादिन नै नपुग्दै कुरा १००% सत्य निस्कियो। नेपाल कम्यूनिष्ट पार्टी एमालेका हेमन्त कुमार दवाडी (कमरेड) लाइ गैरआवासीय नेपाली संघमा मखमल बिच्छ्याएर स्वागत गरियो। समाचारको लिंक हेर्नुहोस: https://hollywoodkhabar.com/nrna-gen-seeckc

कर्मचारी नियुक्ति संबन्धि संघको नियमावली र सामान्य प्रक्रिया समेत पुरा नगरी नियमावलीको उमेरहद नाघेका रिटायर्ड हुनेबेलाका दवाडी कमरेडलाइ संघका महासचिव डा बद्रि के सीले प्रमुख कार्यकारी अधिकृतको नियुक्ति दिएको पत्र बजारभरी छताछुल्ल भएको छ।

गैरआवासीय नेपाली संघ (NRNA) मा २०१७ अक्टुबरको अन्त देखि २०१८ जनवरी पुर्वार्धाको दुइ महिना बिचमा एक दर्जन जति षड्यन्त्रका कथा पुगेको कुरा बजारभारी खुल्लमखुला छन। बर्षादका गणड्यौलाहरु सलबलाए झैं सँस्था नै सखाप हुनेगरी भित्र-भित्रै छोपेर संघलाई एउटा चंगुलमा पुर्याएको अवस्था अब लुकाउनेलाइ भन्दा देख्नेलाई लाज भएको छ भन्छन संघकै पदाधिकारीहरु। संघको लंगौटी भनौ, पर्दा भनौ या घुम्टो यति सम्म खुलीसकेको छ कि पछिल्लो खण्डिकरण र सड्यन्त्रका कुरा लेख्नलाइ ज्याला, गुलियो र नून चाट्नेहरु बाहेक अरुले कुरिरहनु पर्ने कुनै जरुरत छैन।

नेपालको संबिधानमा गैरआवासीय नागरिकता समेतको ब्यबस्था भैसकेको छ। यस संबन्धी ऐन पनि अन्तिम टुंगोमा पुग्दैछ। गैरआवासीय नेपाली संघ बृहत्तर रुपमा आधा संसार ढाक्ने गरी ठूलो आकारको भएको छ। संघले आफ्नो स्थापनाको १४ वर्षपूरा गरिसकेको छ। तर अन्तिमको समयमा पुग्दा भने संघ आफैलाई संकट र खण्डिकरणको दोबाटोमा पुर्याइएको छ।

एउटा प्रसङ्गमा भगवान शिवजीले आफ्नै सन्तान, शक्तिशाली देवसेनापति कार्तिकलाइ घमण्ड गरेको, पदिय मर्यादा पालन नगरेको, प्रशिक्षक नन्दीलाइ अनादर गरेको, ज्ञान र शिक्षा लिन अविकार गरेको, अधिकारको घमण्ड गरेको जास्ता कारणले गर्दा सजायं दिएको कुराले एउटा सिकाइ पक्कै पाइयो। त्यो वाणीमा शिवजीले भन्नु भएको छ–“पद, अधिकार र शक्ति प्राप्त गर्नेले सोही अनुरुप काम गर्यो भने प्रगति हुन्छ तर घमण्ड, दम्भ, शक्ति प्रदर्शन, पदिय दुरुपयोग जस्ता कुरा गर्न थाले भने आफ्नै विनास हुन्छ र सबैभन्दा ठूलो संकट आइलाग्छ।”

यो कुरा सतप्रतिश रुपमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) को वर्तमान नेतृत्वमा मिल्दो देखिएको छ। गत ८ औं विश्व सम्मेलन/अधिवेशन, निर्वाचन र हालैको आइसीसी सदस्य नियुक्ति देखि बिधानमा समेत नभएका विभिन्न काउन्सिल र पदको नियुक्ति, निवर्तमान अध्यक्षलाइ चिफ अफ प्याट्रनस् बनाउनु पर्नेमा प्यट्रन मात्र राख्नु, भएका कर्मचारीलाइ पजनी सुरुगर्नु, संसारभरिका NRNs ले समेत दिएको पैसाले सुरु भएको भवन बिक्री गर्न खोज्नु, लाप्राक बस्तिनिर्माणलाइ ठेक्कामा दिने तयारी लगायतका दर्जन भन्दा धेरै सड्यन्त्र सुरु भएका छन्। अनि ति सबै कुरा आर्थिक चलखेल बाहेक अरु कुनै कारण छैनन् भन्ने कुरा छर्लङ् नै छ भन्ने आरोप लगाउँछन् दुईदर्जन भन्दा धेरै अभियन्ताहरु। यो अवस्था बढ्दै जानु भनेको पक्का पनि भगवान शिवजीले भने झैं संघ भित्र बिनास र बिखण्डनको बाटो हो।

खासगरी रसियन खेमाबाट हुनेगरको सबै प्रकरणमा चलेको मनमौजी, दोहोरी, आदर-अनादर, वाद-प्रतिवाद, हैसियत र तुस अनि प्रतिशोध सबै कुरा गर्दा धेरै अभियन्ता र गैरआवासीय नेपालीहरुले नाक खुम्च्याएका छन्। उनीहरुले आफ्नो कद घटेको महसुस गरेका छन। यो पछिल्लो एकहप्तामा धेरै अभियन्ताहरुसंग कुराकानी भयो। संघमा धेरै योगदान गर्नेहरु यसबाट दु:खी र पिडित भएको पाइयो।

उतातिर निर्वाचनबाट बडारिएका अभियन्ताहरु जित्नेलाई काम गर्न दिनुपर्छ, संघ सबैको हो। मिलाएर लैजाने जिम्मेवारी जित्नेको हो त्यसैले चुप बस्नुपर्छ भनेर भनेर चुपचाप बसेका थिए। तर संघको पछिल्लो घटनाले भने उनीहरु दुखीहुँदै जुर्मुराएका छन्। अब-चुप बस्ने बेला होइन भनेर संघ बचाउन विश्वभरिका ५० औं लाख नेपालीहरुको सँस्था बचाउन आफूहरु लागि परेको कुरा बताउँछन उनीहरु। यसको मतलब संघमा अब स्पस्ट रुपमा दुइ खेमामा देखिएको छ। संघलाइ सुन्दर बनाउनेहरु र यसलाई भजाएर आफ्नो निश्चित आर्थिक र पदिय हैसियत राख्नेहरु बीचको। यो चरम ध्रुवीकरण र बिखण्डनको सुरुवात पक्कै भएको हो।

संघको बिखण्डन र बिनासको अवस्था आउनुमा सिङ्गै NRNA को नेतृत्व, संस्थापक र अग्रजहरु मात्र होइन हामी सदस्य भनाउँदा र अघि-पछिका लोकन्ति र जन्ति पनि कम्ति जिम्मेवार भने रहेनछौं। एउटाले खराब कुरा गर्छ अर्कोले समर्थन गर्नुपर्ने। अर्कोले राम्रो कुरागर्छ अर्कोले बिरोध गर्नुपर्न। यही हो हाम्रो खाराव कुरा !

पछिल्लो पटक संघमा गैर-आवासीय नेपाली होइन “गैर-गैरआवासीय” (नेपालकै मात्र व्यक्ति) नेपालीहरु मात्र होइन संघको नाम-निशाना नै नसुन्ने व्यक्तिहरलाई हावी र पदस्थापन गराइएको छ। नियुक्त गरिएका सल्लाहकारहरु मध्य धेरैजना NRNs नै होइनन। उनीहरुलाई अनररी त दिन सकिन्थ्यो तर नियुक्ति नै दिन भने न बिधानले दिन्छ न परिपाटीले। तर गरियो अनि हामीले चुपलागेर ताली बजाउनु पर्नेभयो। यसको अर्थ संघ एकलौटी रुपमा चलाउन थालिएको स्पस्ट भएको छ। एक बाक्यमा भन्नुपर्दा संघमा रसियन खेमाको उदण्डता हावी।

भनिन्छ कि आफ्नो सँस्थाको नेतृत्व बिकास गर्न उत्कृष्ट सक्शेसर तयार गर्नु वर्तमान नेतृत्वको काम हुन्छ। तर त्यो कुराको आशा गर्नु कठिन मात्र होइन असंभव जस्तै छ वर्तमान NRNA भित्र। सोलीबाट फुत्त-फुत्त लाइनमा खडा गराएर झोलीमा संघका नेता झार्ने काम गरिन्छ। लाइनमा बस्नु जरुरी छ, चाहे त्यो जस्तो सुकै व्यक्ति नै किन न होस्। त्यसैले, काम गर्नुभन्दा पनि बा र जिबाको लाइन बस्नु महत्व र जरुरी छ संघको नेता बन्नको लागि। अन्तिम समयमा निर्वाचन जितेका र नियुक्ति दिएका व्यक्तिहरुको नामले नै त्यो कुरा स्पस्ट पारेको छ।

“VISION 2020 & Beyond” मा नेतृत्व बिकासको नयाँ र अति उत्तम खाले सोच थियो। सौभाग्यवस त्यो बिषयको आधिकारिक प्रस्तुती अमेरिकामा भएको ९ औं क्षेत्रीय सम्मेलनबाट भएको थियो। NCC अमेरिकाको नेतृत्व त्यसको क्यास गरेर आफ्नो American Hegemony कायम गरेर संसारको राजा हुनुपर्ने ठाउँ त कता हो कता बुद्धिभ्रष्ट भएर टाउको जोगाउन हेल्मेट लगाएर लगौटी तान्दै कसौटीमा घुस्न ब्यस्त भयो।

NRNA VISION 2020 & Beyond निवर्तमान अध्यक्ष डा शेष घलेको सुझबुझको सोच थियो। यसमा संघलाइ संयुक्त राष्ट्रसंघकै मोडालिटीमा लैजाने ब्यबस्था गरिएको थियो। त्यसको सबैभन्दा धेरै बिरोध गर्ने व्यक्ति पूर्व अध्यक्ष जिबा लामीछाने हुनुहुन्थ्यो। त्यो कुरा जर्मनमा भएको उहाँको डा घलेप्रतिको आक्रामक शैली हेर्न लायाकको नै थियो। यसको कारण पनि संस्था राम्रो बन्ला र आफ्नो लुर्कन र फाइदाको कुरा राख्न नपाइएला भनेर हो भन्ने अर्कापक्षले पूर्व अध्यक्ष लामीछाने माथि लगाएको आरोप अहिले आएर सत्य सावित भएको छ।

गत ८ औं अधिवेशनबाट NRNA VISION 2020 & Beyond प्रस्ताव पास त भयो तर ऐले थन्किएको छ। बढुवा गरेर सरुवा गरेको जस्तै। अब त लाग्छ NRNA VISION 2020 & Beyond सदाँको लागि नउठ्नेगरी थन्किएको छ। हुन पनि पछिल्लो समय “VISION 2020 & Beyond” प्रति वर्तमान नेतृत्वले चासो नदेखाउनुको पछाडी त्यो आरोप सत्य त होइन भन्ने शंका उब्जिएको छ। VISION 2020 & Beyond मा जसले काम राम्रो गर्छ तिनै व्यक्ति मध्यबाट नेतृत्व छानिने चुनौतीको स्वरुप सबै सामु आउन नपाउँदै रसियन झोलामा तुहियो।

अब डर यो छ कि एक दिन संघको दर्ता नै कोल्याप्स गराएर पुरानो बाटो कुतितिर लाग्न पनि बेर छैन यो नेतृत्व। सबै चलखेल पूर्व अध्यक्ष जिबा लामीछानेबाट सेट हुने, महाचिव डा बद्रि के सी खोला जस्तै उर्लिने अनि अध्यक्ष भबन भट्ट अनविज्ञ अनाडी जस्तो बसिदिने अवस्था छ। उता उपाध्यक्ष कुमार पन्त अध्यक्षको क्यूमा भएकोले चुप बस्ने अनि कुल आचार्य एक्लो बृहस्पति कतिन्जेल टिक्ने भन्छन संघभित्रका पदाधिकारीहरु।

अब हाल भएका अर्थात आरोप लगाइएका एक दर्जनको हाराहारीमा रहेका षड्यन्त्रबारे कुरा गरौं। के के षडयन्त्र हुँदै छन् त संघभित्र:

१. नियुक्तिमा अबैधानिक कार्य
संघको गत बैठकबाट नियुक्त गरिएका विभिन्न पदहरु मध्य सल्लाहकारहरु लगायतमा धेरैजना त एनआरएन नै होइनन। को-आउन हुने या नहुने भन्दा पनि परिपाटी, बिधि र बिधानले के भन्छ त्यो कुरा मुख्य हो। उनीहरु मध्य कतिपय सधैंको लागि नेपाल फर्किसकेका छन्। कोही नेपालको स्थानिय चुनाबमा समेत सामेल भएका र टिकेटका दवेदार व्यक्तिहरु पनि छन्। उनीहरुलाई अनररी त दिन सकिन्थ्यो तर पुरै सल्लाहकारको नियुक्ति नै दिन भने न बिधानले दिन्छ न परिपाटीले। तर गरियो, अब एनआरएन हुनुको अर्थ के भयो ? यो कुरा संघका अर्को पक्षका अभियन्ताहरुले घोर बिरोध गरेका छन्। बिधानमा नै नभएको अनररी काउन्सिलको नियुक्ति त हसाउने पाठ नै भयो। निवर्तमान अध्यक्षलाई चिफ अफ प्याट्रन बनाउनु पर्नेमा प्याट्रन मात्र नियुक्ति गरियो। नियुक्ति मध्य आधा भन्दा धेरैको बारेमा संघ भित्रबाट नै बिरोध भएकै हो।

२. कर्मचारी माथि भेदभाव र पजनी
लामो समय देखि दु:ख गरेर आएका कर्मचारीलाई बिना मौका र मिना सूचना एकै-पटक हटाउन आदेश दिने काम भएको छ। गत बर्ष जर्मनमा भएको निर्णयबाट कर्मचारीहरु आगामी दुइवर्षको लागि बिना कसुर निकाल्न नमिल्ने निर्णय भएको बताइन्छ। उसै पनि पजनी गर्नुपर्न कर्मचारी संघमा कम नै होलान। तर पजनी गरियो।

जापानमा सयौं ब्यबसाय गरेका अध्यक्ष भबन भट्टलाई कर्मचारी कसरी बर्खास्त गर्ने र कसरी नियुक्ति गर्ने भन्ने कुरा कसैले सिकाउनु पर्ने कुरा त होइनहोला। तर पनि एनआरएनका कर्मचारीहरु माथि यस्तो अन्याय र सिस्टम बाइपास गरेर किन गरियो होला त्यो भने अचम्म कै कुरा छ। महासचिवले मनोमानी गर्दा पनि अध्यक्ष चुप बस्ने। हुँदा-हुँदा त प्रेसरिलिज पनि उतैबाट आउन थाल्यो-बिचरा भबंजीका प्रबक्ता हेरेको हेर्यै।

यो सबै काण्डको पछाडी अरु कुनै कारण नभई सँस्थापक अध्यक्ष डा उपेन्द्र महतोका नजिक मानिने रामेश्वर शाहलाइ CEO बनाउने अनि हेमन्त कुमार दवाडीलाइ निर्देशकमा नियुक्ति गरेर बाँकी छोपछाप गराउने तयारी हो। स्मरणीय कुरा शाह UAE बाट देश निकाला गरिएका व्यक्ति हुन् भन्ने आरोप पनि छ।

संघले कर्मचारी राखोस त्यो कुनै खराव कुरा होइन तर योग्य व्यक्ति हुनुपर्यो, काम गरेकाहरुलाई फडानी गर्नु भएन। विश्वका बिकसित देशमा बसेर आएका एनआरएनहरुको संघमा काम गर्ने कर्मचारी पनि स्तरिय, योग्य अनि खुसी पनि हुनुपर्यो। पितृपिण्ड खानेबेलाकालाइ नियुक्ति गर्नुको के अर्थ ?

३. लाप्राक बस्ति निर्माण ठेक्कामा बिर्की गर्ने
लाप्राकलाइ निवर्तमान अध्यक्ष शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको जति योगदान यो दुनियाँमा कसैले गरेको छैन। त्यो कुरा यो लेख्दै गर्ने व्यक्तिले स्थलगत रुपमा गएर देखेको कुरा हो। अब त्यो लाप्राक नमुना बस्ति परियोजना कसैलाई कमिशन लिएर ठेक्कामा दिने पक्का पक्की भएको छ। अबश्य पनि एनआरएनएका अभियन्ताहरु र विश्वभरिका धेरै एनआरएनहरुको योगदानको रकम रहेको सो लाप्राक नमुना बस्ति निर्माण कार्य ठेक्कामा कमिशनकै लागि दिएको कुरा सर्वत्र छ।

४. सानिमा ब्यांक र लगानीका कुरा
संघमा पहिला देखि एउटा गुट सकृय छ। उनीहरु दुनियाँलाइ छारो हाल्ने अनि आफ्नो फाइदा पकाउने काम गर्छन। एनआरएनहरुको ब्याङ्क “सानिमा ब्याङ्क” भन्दै मीठो स्लोगन दिएर आफ्नै फाइदा बनाइयो। भ्रम के भयो, त्यो ब्याङ्क गैरआवासीय नेपाली संघको हो। कलेक्टिभ इन्भेस्टमेन्ट राम्रो कुरा हो तर ढाँटेर दुनिया मुर्ख बनाएर होइन। यो त एउटा नमुना मात्र हो। अरु पनि यस्तै धेरै कुरा छन् जो छारो हालेर एनआरएनहरुलाई मुर्ख बनाउने, लगानी जम्मा गर्ने अनि फाइदा लिने। अब कसले र कुन आधारले भन्छ सानिमा ब्याङ्क एनआरएनएएको हो? लगानी बटुल्ने काम भयो तर त्यो लगानी संघको थिएन र संघलाइ कुनै फाइदा दिने काम भएको छैन।

५. सुनकोसी हाइड्रो
सानिमा ब्याङ्क पछि अब सुरु भएको छ सुनकोसी हाइड्रो। सुनकोसी हाइड्रोबारे त पछिल्लो समाचार नै काफी छ। कैलालीको ३ करोडको घर देखि आदि इत्यादी। तर त्यो सुनकोसी हाइड्रोबापत एनआरएनहरु र संघ आफैंलाई के फाइदा भन्ने जवाफ कसैसंग छैन। संघको नाम भजेर व्यक्ति र नेपालको राजनीतिले बनाएको फाइदा बहेको हो अरु केही होइन भन्छन निवर्तमान पदाधिकारीहरु।

६. कार्यालय सार्ने कुरा
एनआरएनएको मुख्यालय नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा थियो। निवर्तमान अध्यक्ष डा शेष घलेको पहिलो कार्यकालको अनवरत प्रयास पछि संघको भवन बन्ने भयो। घलेको दोश्रो कार्यकालको अन्तमा सबैले सो भबनको अबलोकन गरेकै हुन्। हाल सम्म निर्माणको कम्तिमा पनि एक भाग सम्पन्न गरिसकेर आफ्नै भबनमा सर्नुपर्ने कुरा त कता हो कता त्यो भबन बिक्रीमा राखियो। संघको बिना निर्णय अध्यक्ष भबन भट्टको टीबीआई ग्रुपको भबनमा संघको सचिवालय सार्नुको पछाडी सबैले सजिलो भाषामा कुरा बुझेका छन। यसबारे संघका धेरै पदाधीकारीहरु IES मा नै अनविज्ञ पनि छन्। यो कस्तो तरिका हो संघ चलाउने भन्ने प्रश्न सर्बत्र छ।

७. संघको मुख्यालय भबन बिक्रीमा
संघका निवर्तमान र बर्वमान पधाधिर्कारी, आइसीसी सदस्यहरुको दावी छ संघको भबन कमिशन लिएर बिक्री प्रकृयामा छ। संघको नेतृत्व पो निश्चित व्यक्तिको हो त तर संघ बनाउने त विश्वभरिबाट धेरै एनआरएनहरुको सके-नसकेको सहयोग त छ नै। हुनेले धेरै दिए नहुनेले नभएको मध्यबाट पनि धेरै दिए, तर दिए। अब उनीहरुको चासो भबनमा आफ्नो स्वामित्व तर्फ जान्छ कि आँखा चिम्लिनेतर्फ जान्छ त्यो भने हेर्न बाँकी छ। तर भबन भट्टकै पालामा संघको भबन बिक्रीमा छ। “कमिशन बढाबढ”

८. कोषको रकममा -याल
गैरआवासीय नेपाली संघको आफ्नो कोषमा ४०/५० करोड रुपैयाँ छ। त्यो रकममा नेपालका राजनैतिक पार्टी विशेष गरी एमाले खड्ग ओलीपक्षले संघका महासचिव डा बद्रि के सी मार्फत हालको नेतृत्व लालायित भएको कुरा पूर्व अभियन्ताहरुको आरोप छ। यसबारे अध्यक्ष भबन भट्ट, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार पनि किन मौन छन् भन्ने अर्को जिज्ञासा उठेको छ।

९. अध्यक्ष भबन भट्टलाई चुलीमा पुर्याएर सुली ठोक्ने तयारी
अल्पमत मात्र होइन संघ भित्र झिनो समर्थन मात्र भएका संघका वर्तमान अध्यक्ष भबन भट्टलाइ हातमा लिएर चुलीमा पुर्याइदै छ। एकापक्षले २०१९ मा भबन भट्टलाई दोश्रो कार्यकालको लागि प्रयासी बनाउने कुराको आशंकामा अर्को योजना भएको भनिन्छ। सो अनुसार सबै खराब काम बढाउँदै जाने। उपाध्यक्ष कुमार पन्त क्यूमा भएकाले चुप बस्ने। अन्तमा सबै दोष अध्यक्ष भट्टलाइ लागाएर सके बर्खास्त गर्ने र कुमार पन्तलाइ कार्यबाहक दिने नभए कुनै आरोपमा छायाँमा पारेर ब्ल्याक मेलिङ्ग गर्दै सुलीमा चढाउने आन्तरिक तयारी भएको १००% सत्य भएको कुरा एकजना यूरोपका अभियन्ताले बताए।

१०. कुमार पन्तलाइ मध्यमार्ग बद्रि के सीलाइ सर्वेसर्वा
आदेशानुसार अब अध्यक्षका प्रत्यासी रहेका उपाध्यक्ष कुमार पन्तलाइ मध्यमार्ग अपनाउन भनिएको छ। त्यसैले जे जे भएता पनि उपाध्यक्ष पन्त मौन हुनुहुन्छ। धर्ती फाटोस, भूकम्प जाओस अथवा संघमा जे सुकै नै किन नहोस उपाध्यक्ष पन्त मौन बस्न आदेश दिएको छ र उहाँ त्यसै गर्दैहुनुहुन्छ इमान्दासाथ।

११. किन उठेको १८३ दिनका कुरा
एउटा आरोप संघका संस्थापाक अध्यक्ष डा उपेन्द्र महतो र केही अन्यलाई नेपालमा नै पनि बस्नु पर्ने अनि एनआरएन पनि हुनुपर्ने कारणले गर्दा हाल १८३ दिन विदेश बसेकालाइ एनआरएन भन्नु पर्ने कुरा उठाइएको छ। यो अबधी भनेको ६ महिना हो। अब कोही व्यक्ति आफन्त भेट्न ६ महिना विदेश बसे भने त्यो पनि एनआरएन हुनेभयो।

१२. संघलाइ कागती जस्तो निचोर्ने आफ्नो लुर्को मात्र बनाउने अरुलाई पत्ता साफ, नाम संघको काम आफ्नो
गैरआवासीय नेपाली संघमा भएको ४०/५० करोड र मुख्यालयको भबन र जमिन सहित अर्को २०/३० करोड अनि अरु जोडेर हुन आउने लगभग १ अरबजतिको सम्पतिलाई तह लगाउन यो सबै परिपंच गरिंदैछ भन्ने आरोप वर्तमान नेतृत्वलाइ छ। यसको लागि संघलाइ कागती जस्तो निचोरेर छाड्ने अनि बिरोघ गर्नेलाइ पत्ता साफ गर्ने योजना छ। त्यसैले गत आइसी सदस्य र सल्लाहकारको नियुक्ति जस्ता कुरामा पनि एकलौटी रुपमा गरियो। अब भित्र बाहिर सबै आफ्नो अनि रहेका केही कर्मचारीलाइ पनि पजनी पछि त हाइसन्चो हुनेछ।

यो सबै गर्दैहुनुहुन्छ वर्तमान महासचिव अनि मौन हुनुहुन्छ अध्यक्ष भबन भट्ट, न एता न उता। दर्जनौं षड्यन्त्र हुँदै गएपछि संघमा लामो समदेखि दुख र योगदान गर्ने अभियन्ताहरु जुर्मुराएका छन्। उनीहरु कुनै पनि हालतमा त्यो सबै हुन नदिने कुरामा कटिबद्ध छन्। यो अर्थमा अब संघ विधिवत रुपमा दुई धारमा गएको छ।

हटाइएका कर्मचारी र नयाँ भर्ना गरिएका कर्मचारीका बारे संघको कर्मचारी संबन्धी नियम, विनियम के भन्छ त्यो हेरौ :

“गैर आवासीय नेपाली संघका कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी विनियमावली २०७४”
गैर आवासीय नेपाली संघको विधान २०६० को अधिनमा रही यो गैरआवासीय नेपाली संघका कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी
विनियमावली, २०७४ तुर्जमा गरी जारी गरिएको छ ।

परिच्छे्छ–१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (क) यस विनियमावलीको संक्षिप्त नाम “कर्मचारी विनियमावली, २०७४” रहेको छ ।
(ख)यो विनियमावली अन्तर्राष्ट्रिय समन्वय परिषदबाट पारित भई तत्काल लागु हुनेछ ।
२.परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनियममाः–
(क) “संघ” भन्नाले गैर आवासीय नेपाली संघलाई जनाउनेछ ।
(ख) “विधान” भन्नाले गैर आवासीय नेपाली संघको विधानलाई जनाउने छ ।
(ग) “अध्यक्ष” भन्नाले संघको अध्यक्षलाई जनाउनेछ ।
(घ) “महासचिव” भन्नाले संघको महासचिवलाई जनाउनेछ ।
(ङ) “कोषाध्यक्ष” भन्नाले संघको कोषाध्यक्षलाई जनाउनेछ ।
(च) “अन्तर्राष्ट्रिय समन्वय परिषद” भन्नाले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदलाई जनाउनेछ ।
(छ) “अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय” भन्नाले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई जनाउने छ ।
(ज) “राष्ट्रिय समन्वय परिषद” भन्नाले संघको राष्ट्रिय समन्वय परिषदलाई जनाउनेछ ।
(झ) कार्यालय भन्नाले“अन्तर्राष्ट्रिय समन्वय परिषद” को कार्यालयलाई सम्झनुपर्छ ।
(ञ) “विनियमावली” भन्नाले “गैर आवासीय नेपाली संघको कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी विनियमावली २०७४” लाई जनाउनेछ ।
(ट) “कर्मचारी” भन्नाले गैर आवासीय नेपाली संघमा कार्यरत कर्मचारी सम्झनुपर्छ ।
(ठ) “पद” भन्नाले संघमा कार्यरत कर्मचारीको पदलाई जनाउने छ ।
(ड) “तह ” भन्नाले संघमा कार्यरत कर्मचारीको तहलाई जनाउने छ ।
(ढ) “कार्यकारी निर्देशक” भन्नाले संघको कार्यकारी निर्देशकलाई जनाउनेछ ।
(ण) “सम्झौता” भन्नाले गैर आवासीय नेपाली संघ र कर्मचारी बीच भएको सम्झौतालाई जनाउनेछ ।
(त) “पारिश्रमिक” भन्नालेकर्मचारीले पाउने आधारभूत पारिश्रमिक सम्झनुपर्छ र सो शब्दले भत्ता समेतलाई जनाउनेछ ।
(थ) “आधारभूत पारिश्रमिक” भन्नाले कर्मचारीले पाउने आधारभूत पारिश्रमिक सम्झनु पर्छ र सो शब्दलेरोजगार अवधि एक बर्ष पुगेपछि हुने पारिश्रमिक
बृद्धिको रकम समेतलाई जनाउने छ ।
(द) “खराव आचरण” भन्नाले प्रचलित नेपाल कानून बमोजिम खराव आचरण हुने कार्य सम्झनु पर्छ ।

परिच्छेद–२
पद तथा तह विभाजन, नियुक्ति तथा पदोन्नति
३. पद तथा तह विभाजन ः
(क) संघमा अनुसूचि (१) मा उल्लेख गरे बमोजिमाका पद तथा तह रहने छन्।
(ख) अन्तर्राष्ट्रिय समन्वय परिषदले आवश्यकता अनुसार कर्मचारीका पद तथा तह विभाजन गर्न सक्ने छ र आवश्यक नभएको पद खारेज गर्न सक्ने छ ।
४. कर्मचारीको काम कर्तव्यहरु ः
(क) कर्मचारीको काम कर्तव्यहरु अनुसूचि (२) उल्लेख गरे बमोजिम हुने छ ।
(ख) अन्तर्राष्ट्रिय समन्वय परिषदले आश्वयक ठानेमा कर्मचारीको काम कर्तव्यहरु थपघट गर्न सक्नेछ ।
५. सम्पूर्ण नियुक्ति करार सेवामा गरिने ः
(क) सम्पूर्ण कर्मचारीहरुको नियुक्ति करार सेवा अन्तर्गत गरिनेछ ।
(ख) कुनै पनि कर्मचारीलाई काममा लगाउनु अघि सम्झौता गर्नुपर्नेछ ।
(ग) सम्झौता गर्दा कर्मचारीले पाउने परिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु उल्लेख गर्नु पर्नेछ ।
(घ) सम्झौताको अवधि बढीमा २ बर्षको हुनेछ । प्रत्येक कर्मचारीको सम्झौता अंगे्रजी महिनाको डिसेम्बर महिनाको अन्तिममा समाप्त हुनेछ । करार
अवधि समाप्त भएपछि २÷२ बर्षको लागि अवधि थप गर्न सकिनेछ ।
(ङ) कार्यकारी निर्देशकको नियुक्ति गर्दा संघका तर्फबाट सम्झौता पत्रमा संघका महासचिवले हस्ताक्षर गर्नेछ र अन्य पदहरुमा नियुक्ति गर्दा संघको
तर्फबाट सम्झौता पत्रमा कार्यकारी निर्देशकले हस्ताक्षर गर्नेछ ।
( च ) यो विनियमावली लागु गर्नुभन्दा अगाडि नियुक्त भएका सम्पूर्ण कर्मचारीहरुको सम्झौता ३१ डिसेम्बर २०१७ सम्म मात्र मान्य हुनेछ
६. भेदभाव नगरिने ः
कर्मचारीको नियुक्ति गर्दा आवासीय वा गैरआवसीय नेपाली, धर्म, वर्ण, लिङ्ग, जात जाति, भाषा वा वैचारिक आस्था वा अन्य त्यस्तै आधार मध्ये
कुनै कुराको आधारमा भेदभाव गरिने छैन । तर महिला वा उत्पिडित वर्गका व्यक्तिलाई प्राथमिकता दिन यस व्यवस्थाले बाधा गर्ने छैन ।
७. योग्यताः
संघको बिभिन्न पदहरुको लागि आवश्यक योग्यता निम्न बमोजिमको हुनेछ ः
(क) अधिकृत स्तरको लागि स्नातक तह र निर्देशक देखि माथिल्लो तहको लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्छ ।
(ख) सहायक पदको लागि १२ कक्षा पास गरेको हुनुपर्ने छ ।
(ग) कार्यालय सहायकको लागि सामान्य पढे लेखेको हुनुपर्ने छ ।
(घ) सबै पदहरुमा शैक्षिक योग्यता बाहेक सम्बन्धित कामका लागि सम्बन्धित क्षेत्रको कार्यअनुभवलाई पनि प्राथमिकता दिइने छ ।
८. अयोग्यताः
देहायका कुनै व्यक्तिले संघको कुनै पदमा नियुक्ति हुन वा बहाल रहन सक्ने छैन ।
(क) अधिकृतको हकमा २१ वर्ष र सहायकको हकमा १८ वर्ष उमेर नपुगेको ।
(ख) बहुलाएको वा मगज बिग्रेको ।
(ग) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएको ।
९. नियुक्ति गर्ने अधिकारः
संघको कार्यकारी निर्देशकको नियुक्ति अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले, अधिकृत पद र सहायक स्तरका कर्मचारीहरु को नियुक्ति महासचिवले
गर्ने छ । महासचिवले गरेको नियुक्तिको सूचना अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयमा गर्नु पर्नेछ ।
१०. नियुक्ति गर्ने तरिकाः
(क) कर्मचारीको नियुक्त गर्नु पूर्व १५ दिनको म्याद दिई राष्ट्रिय स्तरको पत्रिकामा आवश्यक योग्याता समेत तोकी कर्मचारी आवश्यकताको विज्ञापन
प्रकाशन पर्नु पर्ने छ ।
(ख) प्राप्त आवेदन मध्येबाट योग्य व्यक्तिहरुको सूची तयार गरी लिखित, मौखिक तथा आवश्यता अनुसार प्राविधिक पदको लागि प्रयोगात्मक परिक्षाको
समय तालिका प्रकाशन गर्नु पर्नेछ ।
(ग) लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारले मात्र मौखिक तथा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने छन्।
(घ) सफल उम्मेदवारलाई आश्वयक पदमा नियुक्ति गरिनेछ ।
ङ) कर्मचारी नियुक्त गर्नुपर्दा अनुसूचि (३) मा तोकिए बमोजिम शपथ ग्रहण गर्नु पर्नेछ ।
११. अन्तर्राष्ट्रिय समन्वय परिषदको विशेष अधिकार हुने ः
यस विनियममा अन्यत्र जुनसुकै कुरा उल्लेख गरिएको वा जेसुकै लेखिएको भए तापनि असाधारण अवस्था पर्न गई कुनै पदमा तुरुन्तै नियुक्ति
नगरी नहुने बिशेष परिस्थिति पर्न आएमा योग्यता पुगेको कुनै व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले उपयुक्त ठानेमा एक पटकमा बढीमा दुई
वर्षको लागि नियुक्ति गर्न सक्ने छ ।
१२. परीक्षणकालः
(क) पहिलो पटक नियुक्त गरिएका कर्मचारीलाई ६ महिनासम्मको परीक्षणकालमा राखिनेछ ।
(ख) परीक्षणकालमा राखिएको कुनै पनि कर्मचारीको काम सन्तोषजनक नदेखिएमा कार्यकारी निर्देशकको सिफारिसमा नियुक्ति गर्ने अधिकारीको
तजबिजले परीक्षणकाल समाप्त नहँुदै पनि लिखित पत्र दिई निजलाई नोकरीबाट हटाउन सक्ने छ ।
(ग) परीक्षणकाल समाप्त भई नियुक्ति सदर भएमा त्यस्तो कर्मचारीको परीक्षणकालमा रहेको अवधि समेत जोडी सेवा अवधिमा गणना गरिने छ ।
(घ) परीक्षणकाल समाप्त नभएसम्म पेश्की, यातायात खर्च, उपचार खर्च आदि अन्य सुविधा दिइने छैन ।
(ङ) परीक्षणकालमा रहेको कर्मचारीले यस विनियमावली बमोजिम पाउने विदाहरु मध्ये घर विदा, विरामी विदा, बिशेष विदा र अध्ययन विदा वाहेक
अरु सबै किसिमका विदाहरु उपयोग गर्न पाउने छ ।
(च) परीक्षणकालमा नियुक्ति भएको कर्मचारीको नियुक्ति सदर भएमा मात्र त्यस्ता कर्मचारीलाई सन्चयकोष तथा नागरिक लगानी कोषको सुविधा
संघले प्रदान गरी दिने छ । तर परीक्षणकालमा रहेका कर्मचारीलाई सन्चयकोष तथा नागरिक लगानी कोषको सुविधा उपलव्ध गराइने छैन ।
१३. कर्मचारीको अभिलेख तथा परिचयपत्र ः
(क) प्रत्येक कर्मचारीले अनुसूचि (४) बमोजिमको ढाँचामा बैयक्तिक विवरण भरी सचिवालयमा पेश गर्नुपर्ने छ ।
(ख) विवरणमा केही परिवर्तन गर्नुपर्ने अवस्था भएमा यथासिघ्र सचिवालय समक्ष जानकारी गराउन पर्दछ ।
(ग) कर्मचारीको सम्पूर्ण विवरण सहितको फायल खडा गरी अभिलेख राखिनेछ । कर्मचारीको अभिलेख हार्डकपी ९ज्बचम ऋयउथ० तथा सफ्टकपी
९क्यात ऋयउथ० मा राखिनेछ ।

(घ) कर्मचारीको परिचयपत्र अनुसूची ४ बमोजिमको ढाँचामा जारी गरिनेछ । संघको तर्फबाट सम्झौतामा सही गर्ने व्यक्तिले नै कर्मचारी परिचयपत्रमा
सही गर्नेछ ।
१४. सरुवाः
कार्यकारी निर्देशकको सिफारिसमा महासचिवले कर्मचारीहरुलाई एउटा शाखाबाट अर्को शाखामा सरुवा गर्न सक्नेछ र त्यसरी सरुवा गरिएको
ठाउंमा जानु त्यस्तो कर्मचारीको कर्तव्य हुने छ ।
१५. कार्य सम्पादन मुल्यांकन ः
(क) प्रत्येक कर्मचारीले असोज ३० गते भित्र र चैत ३० गते भित्र वर्षमा जम्मा दुई पटक ६÷६ महिनामा आफुले सम्पादन गरेका मुख्य मुख्य कामहरुको
विवरण लेखी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्छ ।
(ख) कर्मचारीद्धारा पेश हुन आएको विवरण जाँच बुझ गरी सुपरिवेक्षक र पुनारावलोकनकर्ताले अनुसूची (५) मा दिइएको ढाँचामा सामुहिक मूल्यांकन
गर्नुपर्ने छ र त्यस्तो मुल्यांकन फारम कार्यकारी निर्देशकले गोप्यरुपमा सुरक्षित साथ राख्नु पर्ने छ ।
(ग) देहाएका अधिकारीले देहाएका कर्मचारीको कार्य सम्पादन मुल्यांकन गर्नेछन्।
कर्मचारीको तह सुपरिवेक्षक पुनरावलोकनकर्ता
(१) दशौं तह महासचिव अध्यक्ष
(२) नवौं, आठौं, सातौं र छैठौं तह कार्यकारी निर्देशक महासचिव
(३) पाँचौं तह तथा तहविहीन सहायक निर्देशक कार्यकारी निर्देशक
१६. पदोन्नतिः
(क) रिक्त पदहरुको पूर्ति साधारणतः पुराना योग्य कर्मचारीहरुको पदोन्नतिद्वारा गरिने छ ।
(ख) शैक्षिक योग्यता, जेष्ठता, कामको अनुभव, विशेष निपूर्णता एवं तालिमको साथै कार्य सम्पादन मूल्यांकनका आधारमा अधिकृत स्तर तथा सहायक
स्तरका कर्मचारीलाई पदोन्नतिकोलागि महासचिवको सिफारिशमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयबाट पदोन्नति हुने छ ।
(ग) दुई वर्ष सेवा अवधि पुरा नगरेका कर्मचारीहरु पदोन्नतिको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनन्।
(घ) कुनै कर्मचारी एक तलब स्केलको पदबाट माथिल्लो तलब स्केलको पदमा पदोन्नति भए पश्चात कायम हुने आधारभुत पारिश्रमक अघिल्लो पदमा
रहँदा खाईपाई आएको तलब बराबर वा सो भन्दा कम हुन गएमा अघिल्लो तलबको अंक भन्दा एक स्केल बढ्ता कायम हुनेगरी तलबमा बृद्धि
गरिने छ ।

परिच्छेद–३

काम गर्ने समय तथा हाजिरी सम्बन्धी व्यवस्था
१७. काम गर्ने समय ः
(क) कर्मचारीको कार्य दिन प्रत्येक हप्ता आइतबार देखि शुक्रबार सम्म हुनेछ । प्रत्येक हप्ता शनिबार बिदा हुनेछ ।
(ख) कर्मचारीको कार्य समय बिहान १० बजे देखि साँझ ५ः३० बजे सम्म हुनेछ ।
(ग) दिउँसो एक घण्टा खाजाको समय हुनेछ । कार्यालय खुला रहने गरी कार्यकारी निर्देशकले कर्मचारीहरुको खाजाको पालोनिर्धारण गर्नेछ ।
(घ) कर्मचारीलाई बढी समय काममा लगाउनु परेमा आधारभूत पारिश्रमिकको डेढी पारिश्रमिक दिई काममा लगाउनु पर्छ ।
(ङ) बढी समय काममा लगाउनु परेमा प्रति दिन चार घण्टा र एक हप्तामा चौविस घण्टा भन्दा बढी नहुने गरी काममा लगाउनु पर्छ ।
(च) सूर्यास्त भएपछि वा सूर्योदय हुनु भन्दा अघि कार्य समय प्रारम्भ वा समाप्त हुने गरी महिला कर्मचारीलाई काममा लगाउँदा कार्यस्थलमा आउन
तथा कार्यस्थलबाट फर्की जान यातायातको व्यवस्था मिलाउनु पर्नेछ ।
१८. हाजिरी गर्नुपर्नेः
(क) आंशिक देखि बाहेक सम्पूर्ण कर्मचारीहरुले बिहान १० बजेअघि र साँझ ५ः३० बजे पछि हाजिर गर्नुपर्नेछ ।
(ख) कुनै कर्मचारी विहान १० बजे पछि कार्यालयमा हाजिर भएमा वा ५ः३० बजे अगाबै कार्यलयबाट बाहिर जानु परेमा कारण सहित कार्यालय
प्रमुखलाई पूर्व जानकारी गराई अनुमति लिनुपर्नेछ ।

परिच्छेद–४
पारिश्रमिक, भत्ता, उपदान, संचयकोष, विमा तथा सुविधा सम्बन्धी व्यवस्था
१९. पारिश्रमिक ः
(क) लिङ्गको आधारमा समान कामको लागि पारिश्रमिकमा भेदभाव गरिने छैन ।
(ख) प्रत्येक कर्मचारीले काम शुरु गरेको मितिदेखि पारिश्रमिक तथा सुविधा पाउने छ । पारिश्रमिक महिना समाप्त भएको एक हप्ता भित्र दिनुपर्नेछ ।
(ग) कर्मचारीहरुको आधारभूत पारिश्रमिक अनुसूचि (६) मा उल्लेख गरे बमोजिम हुनेछ ।
(घ) कर्मचारीको एक दिनको आधारभूत पारिश्रमिक बराबर हुने गरी प्रत्येक बर्ष पारिश्रमिक बृद्धि गरिनेछ ।
२०. भत्ता ः
(क) कर्मचारीलाई अनुसुचि (७) मा उल्लेख गरे बमोजिम खाजा, इन्धन तथा महँगी भत्ता दिइने छ ।
ख) कार्यालयमा हाजिर नभएको दिनको खाजा भत्ता पाउने छैन ।
२१. चाडपर्व खर्च ः
प्रत्येक कर्मचारीलाई एक आर्थिक बर्षमा एकपटक निजले अनुरोध गरे बमोजिम निजको धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको
अवसरमा निजले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च वापत दिनुपर्नेछ । तर यो सुविधा लिनका
लागि कम्तिमा ६ महिना अघिदेखि संघको कर्मचारी भएको हुनुपर्नेछ ।
२२. सञ्चय कोष ः
(क) प्रत्येक कर्मचारीको आधारभूत पारिश्रमिकबाट दश प्रतिशत रकम कट्टा गरी सो रकममा शत् प्रतिशत रकम थप गरी सञ्चयकोष वापतको रकम
निजको नाममा जम्मा गरिनेछ ।
(ख) सञ्चयकोष वापतको रकम कर्मचारीले काम प्रारम्भ गरेको मिति देखि नै जम्मा गरिनेछ ।
(ग) कुनै कारणले सञ्चयकोष वापतको रकम जम्मा गर्न नसकिने भएमा त्यस्तो कर्मचारीको पारिश्रमिकको दश प्रतिशत रकम थप गरी भुक्तानी
दिनुपर्नेछ ।
(घ) यो विनियमावली प्रारम्भ हुनु अघि सञ्चयकोष रकम जम्मा नहुने श्रमिकको हकमा यो विनिमय प्रारम्भ भएको मिति देखि लागु हुनेछ ।
२३. उपदान ः
(क) प्रत्येक कर्मचारीको आधारभूत पारिश्रमिकको आठ दशमलव तेत्तिस प्रतिशत बराबरको रकम प्रत्येक महिना उपदान वापत निजको नाममा जम्मा
गरिनेछ ।
(ख) उपदान वापतको रकम कर्मचारीले काम शुरु गरेको दिन देखि नै लागु हुने गरी निजको नाममा जम्मा गरिनेछ ।
(ग) कुनैकारणले उपदान वापतको रकम जम्मा गर्न नसकिने भएमा त्यस्तो कर्मचारीको आधारभूत पारिश्रमिकको आठ दशमलव तेत्तिस प्रतिशत रकम
थप गरी सम्बन्धित कर्मचारीलाई दिइने छ ।
(घ) यो विनियमावली प्रारम्भ हुनु अघि उपदानको प्रावधान नभएका कर्मचारीको हकमा यो विनियम प्रारम्भ भएको मितिदेखि उपदान वापतको रकम
दिइने छ ।
२४. बिमा ः
(क) प्रत्येक कर्मचारीको बार्षिक कम्तिमा १ लाख रुपैयाँ बराबरको औषधी उपचार विमा गरिनेछ । विमा गर्दा लाग्ने शुल्क संघ र कर्मचारीबाट
आधा÷आधा व्यहोर्नु पर्नेछ ।
(ख) प्रत्येक कर्मचारीको जुनसुकै प्रकारको दुर्घटनालाई समेट्ने गरी कम्तिमा पाँच लाख रुपैयाँ बराबरको दुर्घटना विमा गराउनु पर्नेछ । विमाको
प्रिमियम रकम मध्ये पच्चीस प्रतिशत रकम सम्बन्धित कर्मचारीले र पचहत्तर प्रतिशत रकम संघले व्यहोर्ने छ ।
२५. सुविधाः
संघको स्थायी कर्मचारीहरुलाई भैपरी आउने कार्यको लागि निजहरुले खाईपाई आएको ३ महिनासम्मको तलव निव्र्याजी सापटी दिन सकिने छ ।
यसरी दिइएको रकम मासिक तलबबाट कट्टा गरी १२ किस्ता सम्ममा चुक्ता गर्नु अनिवार्य हुने छ । यस्तो सूविधा रकम एक आर्थिक वर्षमा एक
पटक मात्र उपलव्ध गराइने छ ।

परिच्छेद–५
विदा सम्बन्धी व्यवस्था
२६. साप्ताहिक तथा सार्वजनिक विदा ः
(क) कर्मचारीले प्रत्येक हप्ता एक दिन साप्ताहिक विदा पाउने छ ।
(ख) प्रत्येक कर्मचारीले प्रत्येक बर्ष मई दिवस सहित तेह्र दिन तथा महिला कर्मचारीको हकमा अन्तर्राष्ट्रिय कर्मचारी महिला दिवस सहित चौध दिन
पारिश्रमिक सहितको सार्वजनिक विदा पाउने छ ।
(ग) कुनै कर्मचारीलाई साप्ताहिक विदा वा सार्वजनिक विदाको दिनमा काममा लगाएको मितिले एक्काइस दिनभित्र सट्टा विदा दिइनेछ ।
२७. घर विदा तथा बिरामी विदा ः
(क) कर्मचारीले काम गरेको अवधिको वीस दिनको एक दिनको दरले पारिश्रमिक सहितको घर विदा पाउने छ ।
(ख) कर्मचारीले बार्षिक बा¥ह दिन पारिश्रमिक सहितको विरामी विदा पाउने छ । तर एक बर्ष वा सो भन्दा कम अवधि काम गर्ने कर्मचारीले सोही
अनुपातमा विरामी विदा पाउने छ ।
(ग) लगातार तीन दिनभन्दा बढी विरामी विदा माग गर्ने कर्मचारीले मान्यताप्राप्त चिकित्सकसँग जाँच गराएको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
(घ) अचानक विरामी भई विदा बस्नु परेमा कर्मचारीलेउपलब्ध भएसम्म छिटो साधन (टेलिफोन, इमेल) द्वारा संघमा जानकारी दिनु पर्नेछ ।
(ङ) कर्मचारीले घरविदा नब्बे दिनसम्म र विरामी विदा पैंतिस दिनसम्म सञ्चित गर्न सक्नेछ ।
(च) कर्मचारी कुनै कारणले सेवामा नरहेमा वा निजको मृत्यु भएमा निजको सञ्चित घर विदा र विरामी विदा वापत निजले खाईपाई आएको पछिल्लो
आधारभूत पारिश्रमिकको दरले हुन आउने एकमुष्ट रकम निज वा निजले इच्छाएको व्यक्ति वा परिवारको सदस्यले पाउनेछ ।
(छ) बढी विदा सञ्चित हुने कर्मचारीले प्रत्येक बर्षको अन्त्यमा त्यस्तो बढी अवधिको विदाको निजको आधारभूत पारिश्रमिकको दरले हुन आउने रकम
पाउनेछ ।
२८. प्रसुती विदा ः
(क) गर्भवती महिला कर्मचारीले प्रसुतिको अघि वा पछि चौध हप्ताको प्रसुति विदा पाउने छ ।
(ख) गर्भवती महिला कर्मचारीले प्रसुति हुने सम्भावित मिति भन्दा कम्तीमा दुई हप्ता अगाडिदेखि प्रसुति भएको कम्तीमा छ हप्तासम्म अनिवार्य रुपमा
विदा बस्नु पर्नेछ ।
(ग) प्रसुति विदा लिने महिला कर्मचारीले साठी दिनको पुरा पारिश्रमिक पाउनेछ र बाँकी अवधिको पारिश्रमिक पाउने छैन ।
(घ) प्रसुति भएको महिला कर्मचारी वा निजको शिशुको स्वास्थ्यको लागि थप आराम आवश्यकपर्ने भनि मान्यता प्राप्त चिकित्सकले सिफारीस गरेमा
प्रसुति विदासँगै निरन्तर हुने गरी थप एक महिनासम्मकोवेतलवी विदा स्वीकृत गर्ने वा अन्य विदामा समायोजन हुने गरी विदा दिइनेछ ।
(ङ) सात महिना वा सो भन्दा बढी गर्भ रहेको महिला कर्मचारीको शिशुमृत जन्मिएमा वा गर्भपतन भएमा प्रसुति भए सरह विदा पाउनेछ ।
(च) बच्चा जन्मेको साठी दिन नपुग्दै आमाको मृत्यु भएमा त्यस्तो पत्नीको मृत्यु हुने कर्मचारीले शिशु स्याहारको लागि पारिश्रमिक सहित बाँकी
अवधिको विदा लिन पाउने छ ।
(छ) कुनै पुरुष कर्मचारीको श्रीमती सुत्केरी हुने भएमा निजले पारिश्रमिक सहितको १५ दिन प्रसुति स्याहार विदा पाउनेछ ।
(ज) नवजात शिशुको मृत्यु भएकोमा बाहेक प्रसुति विदामा बसेको महिला कर्मचारीले तोकिए बमोजिम प्रचलित कानून बमोजिमको जन्म दर्ता
प्रमाणपत्रको प्रतिलिपि सचिवालय समक्ष पेश गर्नु पर्नेछ ।
२९. क्रिया विदा ः
पति वा पत्नीको मृत्यु भई वा आफ्नो कुल धर्म अनुसार कर्मचारी आफैले क्रिया बस्नु पर्ने भएमा वा विवाहित महिला कर्मचारीले आफ्नो
मातापिता वा सासु ससुराको मृत्यु भई क्रिया बस्नु पर्ने भएमा तेह्र दिन पारिश्रमिक सहितकोक्रिया विदा पाउने छ ।
३०. विदा सहुलियत मात्र हो अधिकार होइन ः
(क) यस परिच्छेद बमोजिम कर्मचारीले पाउने विरामी विदा, क्रिया विदा, प्रसुति विदा वाहेकका अन्य विदाहरु सहुलियत मात्र हुन्र अधिकारको रुपमा
दावी गर्न पाइने छैन ।
(ख) विरामी विदा, किरिया विदा, प्रसुति विदा वाहेक कर्मचारीले माग गरेको अन्य विदा कामको आवश्यकता अनुसार अस्वीकृत गर्न, स्थगित गर्न वा
स्वीकृत भएको विदाको समयमा काममा लगाउन अख्तियार प्राप्त व्यक्तिले परिवर्तन गर्न सक्नेछ ।
परिच्छेद – ६
काज, तालीम र प्रशिक्षण
३१. काजः
(क) कर्मचारीलाई संघको काममा नेपाल भित्र वा विदेशमा समेत अवधि तोकी महासचिवको पूर्व स्वीकृत लिई कार्यकारी निर्देशकले काजमा खटाउन
सक्ने छ । कार्यकारी निर्देशककोहकमा भने संघका अध्यक्ष वा महासचिवले काजमा खटाउन सक्नेछ ।
(ख) काजमा विदेश जांदा स्वास्थ्य परीक्षण तथा पासपोर्ट वापत लाग्ने खर्च संघले व्यहोर्नेछ ।
(ग) कुनै कर्मचारीलाई संघबाट काजमा खटाउँदा काज अवधिभरकोपुरा तलव दिइने छ र सो अवधिमा हाजिर भएकोमानिने छ ।
३२. प्रशिक्षणमा पठाउनेः
संघलाई उपयोगी हुने बिषयमा कुनै कर्मचारीलाई प्रशिक्षणको लागि पठाउनु पर्ने भएमा कार्यकारी निर्देशकको सिफारिशमा अन्तर्राष्ट्रिय कार्यकारी
सचिवालयले र कार्यकारी निर्देशकको हकमा भने महासचिवको सिफारीसमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलेनिर्णय गरी प्रशिक्षणमा पठाइनेछ ।

परिच्छेद – ७
दैनिक तथा भ्रमण भत्ता
३३. भ्रमणको आदेश दिने अधिकारीः
(क) संघको जुनसुकै कामको सिलसिलामा पनि कार्यकारी निर्देशकले कुनै पनि कर्मचारीलाई महासचिवको पूर्व स्वीकृत लिई भ्रमणमा पठाउन सक्ने छ ।
कार्यकारी निर्देशकको हकमा संघका महासचिवले भ्रमणमा पठाउन सक्ने छ ।
(ख) भ्रमण आदेशको ढाँचा अनुसुची (८) मा उल्लेख भए बमोजिम हुने छ ।
३४. भ्रमण गर्ने विधिः
भ्रमण आदेश दिंदा सकभर कम खर्चिलो छिटो साधनद्वारा भ्रमण गर्न आदेश दिनु पर्छ ।
तर भवितव्य परेको कारणले बढी खर्च लाग्न गएमा स्विकृती दिने अधिकारी तथा कार्यकारी निर्देशकले मनासिव ठह¥याएमा त्यसरी लागेको बढी
खर्च स्वीकृत गर्न सक्ने छ ।
३५. भ्रमण भत्ता पाउने ः
(क) रात बिताउनु पर्ने गरी मुलुक भित्र भ्रमणमा गएका कर्मचारीले अनूसुची (९) मा उल्लेख भए अनुसार दैनिक भत्ता पाउने छ ।
(ख) भ्रमणमा जांदा प्रस्थान गरेको र काठमाडौं फर्केको दिनको पुरै दैनिक भत्ता पाउने छ ।
(ग) भ्रमण गर्दा लाग्ने हवाइटिकट बस टिकट तथा अन्य सवारीसाधनको टिकट वापत लाग्ने रकम कर्मचारीले पाउने छ ।
३६. विदा बसेको अवधिभर दैनिक भ्रमण भत्ता नपाउनेः
कुनै कर्मचारीले भ्रमणको सिलसिलामा निजी कामको लागि बिदा लिई बसेमा त्यस्तो विदाको अवधिभर दैनिक तथा भ्रमण भत्ता पाउने छैन ।
३७. भ्रमणमा जाँदा बीमा गराउनु पर्ने ः
नेपाल भित्र वा बाहिर हवाई जहाज, रेल, बस आदि सवारीका साधनद्वारा भ्रमणमा जांदा र सो ठाउंबाट फर्कदा देहायका कर्मचारीको देहाय
बमोजिम बीमा गराउनु पर्नेछ ः
(क) अधिकृत स्तरका कर्मचारीलाई पाँच लाख रुपैयाको बीमा गराउने ।
(ख) सहायक स्तरका कर्मचारीलाई तीन लाख रुपैयांको बीमा गराउने ।
३८ भ्रमणमा जाने कर्मचारी बिरामी भएमा पाउने दैनिक भत्ताः
(क) कुनै कर्मचारी भ्रमणको सिलसिलामा बिरामी परी रोकिनु परेमा सात दिनसम्मको लागि यस परिच्छेद बमोजिम दैनिक भत्ता पाउने छ । सात दिन
भन्दा बढी बिरामी परेमा स्वीकृत चिकित्सकको सिफारिशमा र निज नभएमा कर्मचारीले दिएको निवेदन मनासिव ठहरे स्विकृति दिने अधिकारी
तथा कार्यकारी निर्देशकले अर्को सात दिनसम्मको लागि दैनिक भत्ता दिन सक्ने छ ।
(ख) भ्रमणको सिलसिलामा कडा रोग लागि बिरामी परेको भन्ने कुरा स्विकृत चिकित्सकले सिफारिश गरेमा र कार्यकारी निर्देशकले मनासिब ठह¥याएमा
त्यस्तो कर्मचारीलाई १५ दिनसम्मको लागि यस पच्छिेद बमोजिम पाउने दैनिक भत्तामा शत्प्रतिशत थप दिन सक्ने छ ।
३९. भ्रमण लम्बिन गएमा पाउने दैनिक भत्ताः
भवितव्य परी वा अन्य मनासिव कारणबाट भ्रमण लम्बिन गएमा त्यसको कारणहरु खुलाई कर्मचारीले ७ दिन भित्र कारण खुलाई दर्खास्त पेश गर्नु
पर्छ र स्वीकृती दिने अधिकारी तथा कार्यकारी निर्देशकले बुझ्दा मनासिव ठह¥याएमा भ्रमणको म्याद थप गर्न सक्ने छ ।
४०. भ्रमण सम्बन्धी बील भरपाई पेश गर्नु पर्नेः
भ्रमण खर्च स्वीकृतिका लागि साधारणतया बील भर्पाइ पेश गर्नु नपर्ने गरी तोकिएका कलमहरुमा वाहेक अरु खर्चका सम्बन्धमा बील भर्पाइहरु
पेश गर्नु पर्ने छ ।
४१. दैनिक तथा भ्रमण भत्ता पेश्कि पाउनेः
भ्रमणमा जाने कर्मचारीले यस परिच्छेद बमोजिम पाउने दैनिक तथा भ्रमण भत्ताको रकम पेश्कि लिन पाउने छ ।
४२. विदेशमा जांदा पाउने दैनिक भत्ताः
(क) कुनै कर्मचारीलाई अन्तर्राष्ट्रिय सम्मलेन, क्षेत्रीय सम्मेलन, निमन्त्रणामा अन्य कुनै संघको कामको सिलसिलामा खटाइएमा अनूसुची –९)
बमोजिमको दरले दैनिक भत्ता दिइने छ ।
(ख) तालीम वा अध्ययनमा जांदा वाहेक अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा जांदा खान बस्नको लागि सम्बन्धित राष्ट्र, अन्तर्राष्ट्रिय संस्थाको
तर्पmबाट दैनिक भत्ता दिइने भएमा र यस्तो दैनिक भत्ता यी नियमाबली बमोजिम पाउने दैनिक भत्ता भन्दा कम हुने भएमा कम भई नपुग भएको
जती रकम सो कर्मचारीले थप पाउन सक्ने छ ।
(ग) कुनै कर्मचारी जुन देशमा जाने भनी खटिएको छ सो देशमा जांदा आउंदा बाटामा पर्ने मुलुकहरुमा ती मुलुकहरुमा जति पाउने भनि व्यवस्था
भएको छ सोही बामोजिम मात्र भत्ता पाउने छ ।

परिच्छेद – ८
आचरण र अनुशासन
४३. आचरणः
(क) कर्मचारीले संघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु र अरु संघ÷संस्थाका प्रतिनिधिहरुलाई भद्रतापूर्ण व्यवहार गर्नु पर्दछ ।
(ख) कुनै कर्मचारीले कुनै कुराको सार्वजनिक आलोचना गर्दा संघमा गरिने कामको निमित्त बनेको नीतिको बिरुद्ध असर पर्ने गरी केही भन्न, लेख्न वा
प्रचार प्रसार समेत गराउनु हँुदैन ।
(ग) संघको कामको सिलसिलामा कुनै कर्मचारीलाई जानकारी भएको कुनै कुरा संघलाई अहित हुने गरी कुनै कर्मचारीले प्रचार प्रसार गर्नु हँुदैन ।
(घ) संघका कुनै पनि कर्मचारीले संघको गोपनियता सम्बन्धित अधिकारी समक्ष बाहेक अन्यत्र कुनै स्थितिमा पनि प्रकट गर्नु हुँदैन ।
४४. अनुशासनः
(क) कर्मचारीले आफ्नो कर्तव्य तत्परताका साथ पालन गर्नु पर्छ ।
(ख) कर्मचारीले आफ्नो काम सम्बन्धी कुरामा आफु भन्दा माथिका अधिकृतले दिएको आज्ञालाई शिघ्रता र परिश्रमका साथ पुरा गर्नु पर्दछ ।
(ग) कर्मचारीले आफु भन्दा माथिका सबैअधिकृतहरु प्रति उचित आदर देखाउनुपर्छ ।
(घ) कर्मचारीले संघको काममा नेपाल अधिराज्य भित्र बाहिर जुनसुकै स्थानमा खटाइएमा तोकिएको अवधि भित्र तत्परताका साथ जानु पर्छ ।
(ङ) माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई न्यायपूर्वक र शिष्टतापूर्वक व्यवहार गर्नु पर्दछ ।
(च) कर्मचारीको सबै समय संघको अधिनमा हुने छ र संघका अधिकारीहरुले जुनसुकै समयमा पनि निजलाई काममा लगाउन सक्ने छ ।
(छ) कर्मचारीले इमान्दारीका साथ काम गरी संघको भलाईको निमित्त यथाशक्य प्रयास गर्नु पर्छ ।
(ज) कर्मचारीले कार्यालयमा निर्धारित समयमा नियमित रुपले हाजीर हुनु र उपस्थित रहनु पर्छ ।

परिच्छेद – ९
सजायं र पुनरावेदन
४५. सजायंः
उचित र पर्याप्त कारण भएमा संघका कर्मचारीलाई देहाय बमोजिम सजायं गर्न सक्ने छः
(क) नसिहत दिने ।
(ख) तलब बृद्धि रोक्का गर्ने ।
(ग) तलबबाट कट्टा गरी असुल गर्ने ।
(घ) तल्लो पद वा तल्लो टाइम स्केल वा त्यही टाइम स्केलको तल्लो स्केलमा घटुवा गर्ने ।
(ङ) संघको नोकरीबाट हटाउने ।
४६. सजायं दिने र पुनरावेदन सुन्ने अधिकारीः
देहायका कर्मचारीलाई देहायका अधिकारीले सजायं दिने र पुनरावेदन सुन्ने गरी तोकिएको छः
कर्मचारीको तह सजायं दिने पुनरावेदन सुन्ने
(क) अधिकृत र सो भन्दा माथि अध्यक्ष तथा महासचिव अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय
(ख) सहायक र सो भन्दा मुनी कार्यकारी निर्देशक अध्यक्ष तथा महासचिव
४७. पूर्व स्विकृति लिनु पर्नेः
(क) अधिकृत वा माथिल्लोतहका कर्मचारीलाई सजांय दिनु अगाडि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(ख) सहायक स्तरका कर्मचारीलाई सजायं दिनु अगाडि अध्यक्ष तथा महासचिवको पूर्व स्वीकृति लिनु पर्नेछ ।
४८. नसिहत दिनेः
देहायका अवस्थामा कर्मचारीलाई नसिहत दिन सकिनेछ ः
(क) आफु भन्दा मुनिका कर्मचारीसंग अन्यायपूर्ण वा अशिष्ट व्यवहार गरेमा वा
(ख) आफु भन्दा माथिका कर्मचारी र अधिकारीसंग अनुशासनपूर्ण व्यवहार नगरेमा वा
(ग) काममा लापरवाही गरेमा
(घ) मादक पदार्थ सेवन गरी कार्यालयको काममा बाधा पारेमा ।
४९. तलब बृद्धि रोक्का गर्नेः
देहायका अवस्थामा कर्मचारीको तलब बृद्धि रोक्का गर्न सकिनेः
(क) काम सन्तोषजनक नभएमा वा

(ख) कार्यसम्पादनमा बारम्बार गल्ती गरेमा ।

५०. तलबबाट कट्टा गरी असुल गर्नेः

जानी जानी लापर्वाही वा नियम आदेशको पालना नगर्नाले संघलाई हुन आएको नोक्सानीको सम्पूर्ण वा आंशिक रुपमा सम्बन्धित कर्मचारी वा

कर्मचारीहरुको तलबबाट पदअनुसार दामासाहीले कट्टा गरी असुल गर्न सकिने छ ।

५१. घटुवा गर्नेः

देहायको अवस्थामा कर्मचारीलाई तल्लो पदमा घटुवा गर्न सकिने छः

(क) बारम्बार सन्तोषजनक काम नगरेमा वा

(ख) अनुशासन हिनताको काम गरेमा वा

(ग) आचरण सम्बन्धी नियम उलंघन गरेमा ।

५२. नोकरीबाट हटाउनेः

देहायको अवस्थामा कर्मचारीलाई नोकरीबाट हटाउन सकिने छः

(क) बारम्बार अनुशासनहिन काम गरेमा वा

(ख) अयोग्यताको कारणले आफ्नो पदको काम र जिम्मेवारी पुरा गर्न नसकेमा वा

(ग) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसुरदार ठहर भएमा वा

(घ) आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेमा वा

(ङ) भ्रष्टाचार गरेमा वा

(च) आचरण सम्बन्धी नियमहरु बारम्बार उलंघन गरेमा वा

(छ) कार्यालयको समयमा मादक पदार्थ सेवन गरी काममा लापरवाही गरेमा ।

५३. सस्पेण्ड गर्नेः

(क) कुनै कर्मचारी माथि विनियम ५४ मा उल्लिखित कुनै अभियोगमा जांचबुझ गर्नु पर्ने भएमा जांचबूझ समाप्त नहुन्जेलसम्म उक्त कर्मचारीलाई

सजायं गर्ने अधिकारीले देहायको अवस्थामा सस्पेण्डमा राखी कारवाही गर्न सक्ने छः

(१) सस्पेण्ड नगरी ओहदाको काम गर्न दिंदा झुट्टा सबुत प्रमाण संकलन गर्न सक्ने सम्भावना देखिएमा वा

(२) सस्पेण्ड नगरी ओहदाको काम गर्न दिंदा संघको हानी नोक्सानी हुने सम्भावना देखिएमा ।

(ख) संघका कुनै कर्मचारीलाई सस्पेण्ड गर्दा साधारणतः तीन महिना भन्दा बढी सस्पेण्डमा राख्नु हुंदैन, सो अवधि भित्र कर्मचारी उपरको कारवाही
किनारा लगाई सक्नु पर्छ ।