प्रादेशिक राजधानीको माग सहित धनकुटेलीद्वारा आज पनि माइतीघर मण्डलामा धर्ना

काठमाडौं,पुस २८ (रासस) । प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौंले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि धर्ना दिएको छ ।

पूर्वाधार, सामर्थ्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आज बिहान ८ः३० देखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

यसअघि पटक पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिँदै आएका थिए । धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् ।