अनि पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतिक ?

प्रमाण नं १: मित साइनोले हित गरेन, धर्मपुत्र कुपुत्र भए

भक्तपुरका राजा रंजित मल्ल, काठमाडौँ र पाटनका आफ्नै खलकहरुसँग प्रतिस्पर्धामा अन्धा भएर पृथ्वीनारायण शाहलाई समर्थन गरे | उनलाई धर्मपुत्र नै बनाए उनको बुबा नर भुपाल शाहसँग मितसाइनो गाँसेर | पछि त्यही धर्मपुत्रले भक्तपुर राज्य आक्रमण गरे । घरहरु जलाए र अन्तमा उनकै आँखा फोडेर काशीबास पठाइदिए |

प्रमाण नं २: नेवार समुदायको नाक कान स्वाहा पारेको

कीर्तिपुरमा ३ पटक युद्ध हारेको आक्रोश र प्रतिसोधको भावनले ग्रसित पृथ्वी नारायण शाहले किर्तिपुरका नेवार समुदायको नाक, कान काटेको सत्य घटनालाई सबै इतिहासकारले स्वीकारेका छन् । इतिहासकारहरु बीचको विवाद कति धार्नी नाक, कान काटेको हो भन्नेमा मात्र छ । कसैले १०, कसैले १२ र कसैले १७ धार्नीको दावी गरेका छन् तर १० धार्नीभन्दा कम कसैले दावी गरेका छैनन् ।

प्रमाण नं ३: आफ्नै सहयोगी र समर्थकहरुलाई स्वाहा पारेको

ललितपुरमा ५ प्रधान नेवार मन्त्रीहरुले पृथ्वीनारायण शाहलाई राजा स्वीकार गरेपछि कान्तिपुर (हालको काठमाडौ) बाट घर फर्कंदा बाटोमा मारेर उनीहरुको सबै सम्पत्ति सर्वश्वहरण गरिएको थियो ।

प्रमाण नं ४: विदेशी शासक र व्यापारीको सहयोगमा अरु राज्यमाथि आक्रमण

हिन्दुस्तानमा राज्य गर्ने इस्ट इन्डिया कम्पनीबाट ल्याएको १२०० सैनिकको सहयोगमा किर्तिपुरमा प्रथमपटक हमला गरेको र सन् १९७१ मा इटालीको शासक र यूरोपियन व्यापारीहरुले ल्याइदिएको हतियारको प्रयोग गरेर किर्तिपुरसहित अन्य राज्यमाथि अक्रमण गरेर कब्जा गरेका थिए ।

प्रमाण नं ५: पुरातात्विक १ हजार ग्रन्थहरु जलाए

भक्तपुरमा हातले लेखेका १ हजार तन्त्रशास्त्र, रसयानशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शव्दविद्या ग्रन्थ जलाएर नष्ट पारेका थिए ।

प्रमाण नं ६: किरात र बुद्धभूमि नेपाललाई मनुवादी राज्य बनाए

ललितपुरमा १२ क्रिस्चियनलाई देश निकाला गरेर र बौद्धमार्गीहरु माथि धार्मिक दमन र बौद्ध धर्मका ग्रन्थ, मूर्तीहरु नष्ट गरेका थिए । पशुपतिभित्र भएका बुद्धका मूर्ती र ग्रन्थहरु झिकेर वागमती नदीमा फालेका थिए । पृथ्वीनारायण शाहले नै नेपाललाई राष्ट्रियस्तरबाटै मनुवादीकरण गरेको थियो । खसान राज्य जुन बौद्धमार्गी राजाहरुका थिए उनीहरुलाई जबरजस्ती मनुवादी बनाएका थिए जुन अध्ययन अनुसन्धानबाट प्रो. डोरबहादुर विष्टले प्रष्ट पार्नुभएको छ |

प्रमाण नं ७: भक्तपुरमा सिङ्ग्रै गाउँ जलाए

भक्तपुर गौकोट हमला गर्दा गाउँलेहरुको सशक्त प्रतिकारमा पृथ्वीनारायण शाहको ३३२ सेनाको मृत्यु भएको आक्रोशमा युद्ध जितेपछि सिङ्गै गौकोट गाउँ नै आगो लगाएर जलाएका थिए ।

प्रमाण नं ८: एकीकरणका लागि होइन आर्थिक लाभको लागि अक्रमण

वाइसे—चौविसे राज्यमध्ये अति सानो आकार, अति कमजोर आर्थिक अवस्था र १ हजार पनि सेना नभएको गोरखाका राजा पृथ्वीनारायण शाहले आर्थिक रुपले समृद्ध राज्यबाट लाभ लिन अरु राज्यहरु कब्जा गरेका थिए । पृथ्वीनारायण शाहको दिव्यउपदेशमा एकीकरण गर्नुपर्नेबारे कतै पनि उल्लेख नभएकोले यो तथ्यलाई पुष्टी गर्दछ ।

प्रमाण नं ९: नेपाल भनेको कहाँ पर्छ पृथ्वीनारायण शाहलाई थाहा थिएन

मकवानपुर ससुरालीमा साढुदाइ दिगबन्ध सेनसँग विवाद भएपछि घर फर्कने क्रममा पर्वत पुगेका थिए । पवर्तमा पृथ्वीनारायण शाहले आफूसँग आएको भानु जैसी र कुलानन्द जैसीलाई नेपाल भनेको कहाँ पर्छ भनेर सोधेपछि उनीहरुले भादगाउँ (भक्तपुर), ललितपुर र कान्तिपुर (काठमाडौ) लाई देखाएर नेपाल चिनाएका थिए ।

प्रमाण नं १०: अति मनुवादी जैसी ब्राह्मण, मामा र सीमारक्षकको सल्लाहपछि काठमाडौं उपत्यकामा आक्रमण

काठमाडौ उपत्यकाको कलाकौशलले भरपूर दरवार, ठूलाठूला घर, मन्दिर, भौतिक विकासको रुपमा पानीको इनार, कुवा, बाटो र सडकका साथै तिब्बतसँगको व्यापार र आर्थिक समृद्धि कब्जा गर्ने पृथ्वीनारायण शाहको लोभी इच्छालाई भानु र कुलानन्द पाण्डे जस्ता अति मनुवादी जैसी ब्राह्मण, आफ्नै मामा र सीमारक्षकहरुले प्रोत्साहित गरेपछि पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका आक्रमण गरेका थिए ।

प्रमाण नं ११ : मगर प्रमुखको छाला काढेर यातना दिए

नुवाकोट जितेपछि बेलकोट आक्रमण गर्दा पृथ्वीनारायण शाहका धेरै सेनाको मृत्यु भएपछि युद्ध छाडेर फर्केका थिए । तर पछि कालु पाँडेको सहयोगमा युद्ध जितेपछि बेलकोटका प्रमुख जयन्त रानालाई समातेर छाला काढेर यातना दिएका थिए ।

प्रमाण नं १२: आदिवासी जनजाति चेलीहरुको विभत्स हत्या

आदिवासी जनजातिका १४/१५ वर्ष उमेरका चेलीहरुलाई यौनपिपाशु राजामहाराजा, मन्त्री तथा सेनाको यौन तृप्तिका साधन बनाएर र गर्भवती सबैलाई विभत्स हत्या गरेका थिए ।

प्रमाण नं १३: आफ्नै जेठानलाई स्वाहा पारे

स्याउँस्याउँ श्रीमतीमध्ये मकवानपुरकी श्रीमतीका दाइको हत्या गरेको प्रष्ट उल्लेख उनकै दिब्यउपदेशमा पाइन्छ |

पृथ्वीनारायण शाहको नियत हालको नेपाल भूमि एक बनाउनुको नियत नेपाली नागरिकहरुलाई एकता गर्नु थिएन | आफ्नो राज्य विशाल बनाउनु थियो भन्ने प्रष्ट हुन्छ । सत्य, तथ्य र वास्तविकतामा आधारित प्रमाण आफैं बोल्छन् |

प्रमाण नं १४, काल्पानीक फोटो
पृथ्वी नारायणको सहि फोटो कस्तो थियो कतै पाइन्दैन । अहिले देखिने फोटो काल्पानीक फोटो हो । जसलाई वालकृष्ण समको निर्देशनमा अमर चित्रकारले कोरेका हुन । त्यस्तै गरि गोर्खामा भएको गोर्खा दरबार पनि वि.स. २०२८ सालमा भब्य बनाईएको हो ।

साभार: esamata Jan 12 2015