बृद्द आश्रममा गायिका योजना पुरीको दोस्रो एल्बम समर्पणको लोकार्पण

 

काठमाडौँ । बिगत एक दशक देखि सांगीतिक क्षेत्रमा लागेर गायन क्षेत्रलाइ ब्यबसायिक रुपमा आफ्नो पेशा बनाउदै आएकी संचारकर्मी तथा गायिका योजना पुरीले आफ्नो दोस्रो एल्बम “समर्पण” आज उनको जन्मदिनको सुभ अबसरमा नि: साहाय सेवा सदन बृदा आश्रममा एक बिसेष कार्यक्रम आयोजना गरि लोकार्पण गरेकी छिन ।

संगीतकार राजु सिंहको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा रंग पत्रकार शान्ति प्रिय, सार्थक नेपाल सस्थाका उपाध्यक्ष्य तथा संचारकर्मी मोडल राजेन्द्र लुइटेल, नि:साहाय सेवा सदनकि संचालिका सगुन शाह बिशेष अतिथिमा रहेका थिए ।

ओएस नेपालको प्रस्तुति रहेको समर्पण एल्बममा जम्मा पांच वटा गित रहेको छन भने राजेश श्रेष्ठ, राजु सिंह, रियाज शिवाकोटी, राजिब शाह तथा राजा राजेन्द्रको संगीत रहेको छ त्यसैगरी पबी घिमिरे, दिप गिरि, नवराज खड्का, गणेश सुबेदी र राजा राजेन्द्रको शब्द रहेको छ ।

नि: साहाय सेवा सदन बृदा आश्रमका आश्रित बृदा आमा बुवाहरुलाइ खाजा तथा खान खुवाउदै लोकार्पण गरिएको उक्त एल्बममा एकदमै राम्रो गितहरु समेटिएको र गित संगीत प्रेमी सबै नेपालीहरुले उक्त एल्बमलाई मन पराइ दिनु हुन्छ भन्ने कुरामा गायिका पुरी बिश्वास्त छिन । संगीतकार राजु सिंह र रंग पत्रकार शान्ति प्रियले उक्त एल्बमलाई शुभकामना तथा गायिका पुरीलाई उत्तर उत्तर प्रगतिको शुभकामना दिदै सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी मनोज थापाले गरेका थिए ।