धनकुटा प्रादेशिक राजधानीका लागी अग्रणी जिल्ला : मन्त्री कार्की

काठमाण्डौ, २२ षौष । अर्थ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र वहादुर कार्कीले रिपोर्टस क्लवमा आयोजना गरिएको बधाई,सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा धनकुटा प्रदेश नम्वरको १ को राजधानीको लागी अग्रणी जिल्ला भएको वताउनु भयो ।

मन्त्री कार्कीले प्रदेशहरुको राजधानी तोक्ने सरकारले अहिले सम्म कुनै निर्णय नगरेको र राजधानी र प्रमुखहरु तोक्नका लागी छलफल गरिरहेको वताउदै सहमतीकै आधारमा प्रदेश राजधानी र प्रदेश प्रमुख तोकिन् वताउनु भयो । उहाले धनकुटा,सुनसरी र मोरगमा पनि प्रदेश नम्वर १ को राजधानीका लागी माग भैरहेको वताउदै सहकारले सवैको सहमतीको आधारमा उचित निर्णय गर्ने वताउनु भयो ।

प्रदेश नम्वर १ बाट समानुपातिक तर्फबाट प्रदेश सभामा कांग्रेसबाट निर्वाचित हुनु भएका सांसदको सम्मानमा नेपाली कांग्रेस धनकुटा-काठमाण्डौ सम्पर्क समितिले काठमाण्डौमा आयोजना गरेको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तथा मन्त्री कार्कीलाई अर्थ मन्त्रीको जिम्मेवारी सफलता पूर्वक निर्वाह गर्दै नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनु हुंदै प्रतिनिधि सभामा विजयी प्राप्त गर्नु भएकोमा र प्रदेश नम्वर १ बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित हुनु भएका धनकुटाका महासमिति सदस्य लिला सुब्बालाई बधाई र सम्मान गरियो ।

कार्यक्रममा नेपाली कांग्रेसका धनकुटाका सचिव विजय सन्तोषी राईले राजधानीका लागि अाधार पत्र प्रस्तुत गर्नु भएको थियो भने त्यस विषयमा प्रदेश सभा सांसद लिला सुब्बा,पूर्व सांसदहरु मनोहर नारायण श्रेष्ठ,अञ्जना ताम्ली,नेपाली कांग्रेसका पूर्व सभापति हरी अधिकारी,जिल्ला सदस्यहरु निर्मल ओझा,चण्डिका वास्तोला,नेपाल टेड युनियन कांग्रेसका पूर्वाञ्चल महिला अध्यक्ष राम कुमारी भण्डारी लगायतले पूर्वाधारले सम्पन्न धनकुटालाई प्रदेश नम्वर १ को राजधानी तोक्न माग गर्दै निर्वाचित सॉंसदहरुलाई बधाई तथा शुभ कामना व्यक्त गर्नु भएको थियो ।

सम्पर्क समितिका सभापति भिम वहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष मनोज सुवेदी गर्नु भएको थियो भने कार्यक्रमको संचालन समितिका सचिव ठगिन राईले गनु भएको थियो ।