आदिवासीयुके विशेष

जनजाति पत्रकार महासंघ युकेको अधिवेशन १६ डिसेम्बरमा

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको चौथो अधिवेशन आगामी डिसेम्बर १६ तारिखमा अल्डरसटमा हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा रानाको अध्यक्षतामा गत २२ सेप्टेम्बर शुक्रवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको छ ।

बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ । अग्रज पत्रकार विश्वासदीप तिगेलाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ ।

५० जना सदस्य रहेको फोनिज युके अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा बेलायतस्थित क्रियाशिल नेपाली संघसंस्थाहरुलाई पनि आमन्त्रण गरिने भएको छ ।

अधिवेशनले विगतको समिक्षा भावी कार्ययोजना सहित नेतृत्व चयन हुने भएकाले संस्थाका लागि महत्वपुर्ण हुने फोनिज युकेको अध्यक्ष गोमा रानाले बताइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button