समाचार

समाजवादी शक्ति निर्माणमा जुट्नुपर्छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नुपर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।

यादवले उत्पीडित नेपाली जनताको बलिदानी र सङ्घर्षले प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि एकताबद्ध भएर लाग्नु पर्ने बताए । मुलुकमा विद्यमान भेदभाव, अशिक्षा, गरीबी, बेरोजगारीलगायतका समस्याबाट मूक्ति दिलाउने हामी सबैको कार्यभार भएको उनले बताए ।

उक्त अवसरमा सर्लाही हरिपुरका सुशील महराको नेतृत्वमा करिब एक सय युवा जसपा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको पहलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button