न्युयोर्कमा गायक दीपक लिम्बुको साथमा चुम्लुड० नाईट सम्पन्न

न्यूयोर्क/लोकप्रिय गायक दिपक लिम्बु को एकल सागितिक साँझ सम्पन्न भएको छ ।

किरात याक्थुड० चुम्लुड० अमेरीका को आयोजनामा सम्पन् कार्यक्रम मा प्रथम नेपाली तारा लोकप्रिय गायक लिम्बू ले डिसेम्बर ९ तारिख रातभर न्यूयार्क का दर्शक तथा स्रोताहरूलाई गित गाएर नचाउदै मनोरन्जन प्रदान गरे । यहाँ देश को छ चिन्ता ……मैले माया गर्न जानिन होला………मेरो कल्पनामा आज ह…..अर्को जन्म पाए भने…….ढल्क्यो ढल्क्यो जोवन मेरो ……सिम्पल सिम्पल कान्छीको … म रंग हुँ तिमी…..जस्ता धेरै गितहरू गाए।”शिक्षाका लागी संगित” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रमबाट उठेको पैसा इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली उच्च माविमा पुस्तकालय बनाउन खर्च गर्ने जनाएको छ । ‘पुस्तकालयका अतिरिक्त विद्यालयलाई भौतिक सामाग्री पनि उपलब्ध गराउँछौं,’ चुम्लुङ अध्यक्ष दिपेश लिम्बूले भने ।पुस्तकालय स्थापना भएपछि चुलाचुलीका गरिब विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने आयोजकको विश्वास छ।मौसम को प्रतिकूल का बावजुत पनि हल मा दर्शकहरूको खचाखच थियो ।

कार्यक्रमको सुरूवात कियाचु अमेरीकाका माहासचिव लोक चेम्जोड० ले सम्पूर्ण कलाकार तथा दर्शकहरूलाई हार्दिक स्वागत तथा आभार व्यक्त गरेर सुरू गरेपछी अध्यक्ष दिपेश लिम्बु को छोटों मन्तव्य पश्चात संगित कार्यक्रम लाई mc न्युयोर्क का चर्चित आर्जे निमा पाख्रिनले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।अपेक्षा गरिए भन्दा धेरै दर्शकले भरिभराउ हलमा वसन्त डान्स सेन्टर र युएस डान्स सेन्टर का कलाकारहरू को वेजोड नृत्य प्रतुतीले कार्यक्रम लाई थप रोचक बनाएको थियो ।

गितकार ईन्दिरा चेम्जोड० सम्मानित

हाल सालै अर्को जन्म नामक गितीएल्बम सार्वजनिक गर्नुभएकी गितकार ईन्दिरा चेम्जोड० लाई किरात याक्थुड० चुन्लुड० अमेरीका ले सम्मान गरेको छ ।

गीतकार तथा “अर्को जन्म” एल्बमका प्रोड्युसर इन्दिरा चेम्जोङ्ग धनकुटा जिल्ला, चौबिसे राजारानी की हुन् | २००५ सालदेखि न्यु योर्कमा बस्दै आएकी चेम्जोङ्गले एकल रुपमा “अर्को जन्म” एल्बम केहि महिना अगाडी अप्रिल १६, २०१७ मा न्यु योर्कमा बिमोचन गरेकी थिइन | यस एल्बममा उनको गीत भर्सटाइल गायक दिपक लिम्बु लगायत अन्य चर्चित गायकहरुले पनि साथ् दिएका छन् | उक्त एल्बममा भएको एउटा लिम्बु भाषाको गीत अमेरिकामा छायांकन गरिएको पहिलो भिडियो गीत भनि इन्दिरा चेम्जोङ्ग बताउछिन |

गीत, संगीतमा सानै देखिको इच्छा भएपनि पारिवारिक व्यबहारिक कार्य ब्यस्तताका कारण अहिले मात्र यो इच्छा पुरा गर्ने समयानुकुल मिलेको गीतकार चेम्जोङ बताउछिन भने अब आउदो दिनहरुमा पनि समयले साथ दिएसम्म यही कार्यलाइ निरन्तता दिने भएकी छिन |
इन्दिरा चेम्जोङ्ग, किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाका (२०११- २०१५) निवर्तमान उपाध्यक्ष पनि हुन् | आफ्नो समुदायको सेवासंगै महिला सशक्तिकरण अभियानमा न्यु योर्कको “अधिकार” संस्थामा समेत आवद्द छिन | प्रवास अमेरिकामा रहेर पनि सामाजिक कार्यमा सधै अग्रणी हुने उनी मानवताको लागि गरिने यस समाजसेवाप्रति आफुलाई सन्तोष प्राप्त हुने बताउछिन | उनै प्रतिभाशाली नेत्री इन्दिरा चेम्जोङ्गले साहित्य, संगीतसंग जोडिएको गीतकार विधामा “अर्को जन्म” एल्बम मार्फत आफ्नो नाम लेखाउन सफल भएकी छिन | नेपाली कला ,साहित्य, संगित मा लागेर नेपाली संस्कृतीको जगेर्ना गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेवापत उहालाई सम्मान गरिएको कुरा किरात याक्थुङ चुन्लुड० का अध्यक्ष दिपेश लिम्बु ले बताउनुभयो ।