मनोरञ्जन

युद्धकलाले भरिएको लोकप्रिय हुड्केली छलिया नृत्य(भिडियो सहित)

धनकुटा । नाच धेरै प्रकारका हुन्छ । बिभिन्न जातिगत,समाजगत,समुहगत फरक-फरक नाच हुने गर्दछ । त्यसै मध्येको एक हो हुड्केली छलिया नाच ।

हुड्के नाच नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। पुर्बमा भने यो आकर्षक नृत्य त्यति प्रचलित छैन । पुर्बमा यसको बारेमा धेरैलाई जानकारी समेत छैन तर यो नाच निक्कै आकर्षक हुन्छ ।

हुड्केली नाच हुड्काको तालसँग एक प्रकारको युद्धकला देखाएर नाच्ने गरिन्छ । पश्चिम नेपालको चर्चीत देउडा भाकामा गाइने हुड्केली गितमा पौराणिक कथा, राजा महाराजाहरू गाथाको बर्णन र पुराना लडाईका कथाहरू समाबेश गरिन्छ । जसलाई स्थानिय भाषामा कर्खा भनिन्छ ।

बिबाह ब्रतबन्ध,पास्नी तथा अन्य सुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ । हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । यो नाच नाच्नेले टाउकोमा सेतो फेटा पगडी बाँधेको हुन्छ भने सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छड्के पारेर कम्मरमा बधेको हुन्छ । प्राय वीरगाथा गाइने यस नाचमा ताण्डब नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button