गायिका कला राईको “रैछौ बैगुनी” (भिडियो सहित)

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रका चर्चित प्रतिभाशाली गायिका कला राईको एक पछि अर्को गीतहरु निकाल्ने क्रममा भर्खरै मात्र ‘अफर’ एल्बममा समाबेश गीत ‘रैछौ बैगुनी’ को म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।

आरजु बिष्ट सल्यानीको शब्द रचना रहेको गीतमा रेशम चौधरीको संगीत रहेको छ । बीपी याम्फु राईले छायांकन तथा सम्पादन गरेको भिडियोमा कलाकारहरु मणिजंग राई,पार्बती तामांग र राजकुमारी तामांगको अभिनय रहेको छ ।

सुन्दर सुबेदीले निर्देशन गरेको भिडियोलाई गज्जब छ बा युट्युब च्यानलले बजारमा ल्याएको छ ।