प्रवास

भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ नेपाली सहभागी हुँदै

काठमाडौं,
भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ जना नेपाली लेखक वक्ताको रुपमा सहभागी हुने भएका छन् ।

नेपाली लेखक तथा संस्कृतिविद डा. बीणा पौड्यालले प्रतिष्ठित कलिंगा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्नु हुनेछ । वार्षिक रुपमा मनाउंदै आएको कलिंगा साहित्य महोत्सव (केएलएफ) फेबु्रअरी ९ देखि ११ (२६ माघ –२८ माघ) उडिसा राज्यको भुवनेश्वर स्वस्ति प्रिमियम होटलमा सञ्चालन हुने भएको छ । आफ्नो दशौं वर्ष मनाउँदै, महोत्सवले जीवनका सबै क्षेत्रका लेखकहरू, वक्ताहरू, विचारकहरू र मानवतावादी, संगीतकर्मीहरुको अनुभूतीलाई प्रदर्शन गर्नेछ ।

भारतमा हुने उक्त कलिङ्ग साहित्य महोत्सवमा नेपाली संस्कृतिविद तथा प्रा.डा. बीणा पौड्याल सम्माननीय अतिथि तथा वक्ताको रुपमा सहभागी हुनुहुनेछ ।

महोत्सवमा प्रख्यात विद्वान, पूर्वअन्तर्राष्ट्रिय निजामती कर्मचारी, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, साहित्यकार रञ्जना निरौला, लेखक सुमित शर्मा समीर, लेखक तथा कलाकार सम्पदा मल्ल वक्ताका रुपमा रहनुहुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button