तेक्वान्दोमा २१ पदक जितेर नेपाली खेलाडीले थाइल्याण्डमा यसरी मच्चाए सनसनी

काठमाडौँ । थाइल्याण्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा नेपाली तेक्वान्दो टिमले ६ स्वर्ण, ६ रजत र ९ कांस्यगरी कुल २१ पदक जितेको छ । थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनशीपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरि कुल ६ स्वर्ण हात पारेको थियो ।

फाइटतर्फ अजित गुप्ता तेली,रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए । फाइनलमा अजितले पुरुष ४६ केजीमा चीन,रेखमायाले महिला ६७ केजीमूनिमा इन्डोनेसिया र पार्वतीले महिला ५३ केजीमूनिमा श्रीलंकालाई हराउँदै स्वर्ण जितेका हुन् ।

पुम्सेतर्फ नरमाया गुरुङ,जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेको नेपाली टोलीका प्रशिक्षक प्रकासमान राजभण्डारीले जानकारी दिनु भएको छ । फाइनलमा नरमायाले १४ वर्षमूनिमा भारत,जस्मीनले १४ वर्षमाथिमा चीन र सन्ध्याले ४६ केजीमुनिमा ओमानलाई स्तब्ध पारेका थिए ।

फाइटमै मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दीपीसा गुरुङ,डेबिड थापाकला, अजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक हात पारे । त्यस्तै फाइटमा आर्यन पौडेल,सागर बराल,ललित बुढामगर,दीपम थकाली,प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल,सुलभ सिम्खडा,दीपम थकाली र रिेखमाया गुरुङले कांस्य पदक जितेको टिम म्यानेजर मिरा थापाले जानकारी दिनु भएको छ ।-न्यूज२४ बाट