गीतकार ईन्दिरा चेम्जोंगको ‘अर्को जन्म’ (भिडियो सहित)

काठमाडौ । गितकार ईन्दिरा चेमजोड.को एकल शब्द रचनामा तयार भएको भिसिडी एल्बम अर्को जन्म हालै अमेरिकाको न्यूयोर्क स्थित ज्याक्सन हाईटमा एक समारोह बिच औपचारीक रुपमा सार्वजानिक भएको छ । एल्बम बिमोचन समारोह नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढाको सभापतित्व एंवम नेपाल महावाणिज्य दुतावास , न्यूयोर्कका बाणिज्य दुत कुसु क्षेत्रीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । एलबम अर्को जन्ममा अर्को जन्म पाए भने तिम्रो साथ रोजु हिजो जति माया गर्थ्यौ आज पनि त्यति पाएँ ।

तिमी आउने बाटो कुर्दै बसे दोबाटोमा , छाडी गयौ निष्ठुरी छुट्यो माया , पैलो भेटमा नजरमा बस्यो र पोड.मा यम याम्मो गरि छ वटा गित रहेका छन् । जस मध्ये तिनवटा म्युजिक भिडियो अमेरिकामै बनेका हुन भने तिन वटा नेपालमा । अमेरिकामा निर्मीत भिडियोमा लिला कुमारी सिंघक,सौरभ तुलाधर र शम्भु मोक्तानको निर्देशन रहेको छ भने भिडियो राम सदेम्बा लिम्बु र शम्भु मोक्तानले छायांकन गरेका हुन् । जसमा सुमित्रा लिम्बु , अमर सहाग लिम्बु,आकेशा बिष्ट सौरभ तुलाधर,ईशान ढकाल र प्रजिता काफ्लेको अभिनय रहेको छ । यसै गरी नेपालमा छायांकन भएका तिन भिडियोमा बिष्णु चेम्जोड.,निर्मल पुलामी ,जिवन घिमिरे र सागर लिम्बुले मोडलिड. गरेका छन् । समारोहमा छ वटै म्युजिक भिडियोको प्रदर्शन गरिएको थियो ।

जसमा तारा प्रकाश लिम्बु,राजशुक्र लिम्बु बाबुल गिरी ,बसन्त सापकोटा र ईमाहाड. सेत्लीड.को संगित तथा दिपक लिम्बु , अन्जु पन्त , मिलन अमात्य,स्वरुप राज आचार्य,प्रमोद खरेल मेलिना राई र सिता सिंहकको स्वर रहेका छन् । प्रेम वियोग र प्रेम समर्पण भावमा लेखिएका ईन्दिराका गितमा कतै कसै प्रतिको अगाध प्रेम पोखिएको छ भने कतै बियोगले निम्तीएका कठिन एंवम पिडादायी क्षणहरुको वयान गरिएको छ । प्रेम गितमा अपार समर्पण भाव व्यक्त गर्दै यो जन्म मात्रै नभई जन्मा जन्मान्तरको साथ खोजिएको छ भने कसै संगको वियोगले गर्दा जिन्दगी कठीन भएको स्थितीहरुको वयान वियोगान्त गितहरुले गरेका छन् । मिश्रित भावको संगम रहेको यस एल्बमका गितले श्रोतालाई फरक फरक स्वाद दिनेछन् ।

सानै उमेरदेखि साहित्यप्रति गहिरो अभिरुचि भएपनि चौबिसे राजारानी धनकुटाकी ,ईन्दिरा चेम्जोड.ले पहिलोपटक गीतको एल्बम प्रकाशन गरेका हुन् । डायरीका पानामा थन्किएका गीतलाई एल्बमको रुप दिएर बाहीर ल्याउने ईच्छा पहिले देखिनै भए पनि बल्ल आज पुरा भएको छ । आउने दीनमा निरन्तरता दिने प्रयास गर्ने छु । उनले समारोहमा आफ्नो भावना पोखिन् ।

लामो समय अघिदेखि आफ्नो समुदायको उत्थानमा सकिृय रहदै आएकी ईन्दिरा महिला शसक्तिकरण अभियान न्युयोर्कको अधिकार नामक संस्थामा समेत आवद्द रहेकी छिन् भने उनी किरात याथुड.चुम्लुड.अमेरिकाकी निवर्तमान अध्यक्ष २०११ देखि २०१५ समेत हुन् । समारोहलाई सम्बोधन गर्दै वाणिज्य दुत कुसु क्षेत्रीले ईन्दीराका गीतमा देशभक्ती संस्कृति र प्रेमकथाको त्रिवेणी भएको बिचार राख्दै उनका रचनामा माटो बोलेको र मन पोखिएको बताएका थिए भने अर्का बक्ता कोलम्बिया विश्व बिद्यालयका प्रा डा तारा निरौलाले प्रवाशको दैनिकीमा म समय छुट्याएर लेखनलाई निरन्तरता दिन सक्नु प्रसंशनिय कार्य भएको धारणा राखेका थिए ।

निरौलाले अगाडी भने अर्को जन्मका गितले मानविय संवेदना,प्रेम र जीवनलाई सुनौलो रंग दिएका छन् । एल्बम भिक्टोरिया अडियो भिडियो प्रोडक्सन र मनोरञ्जन नेपाल नामक युटुब च्यानलले उत्पादन वितरण गरेका हुन भने रेकर्डिड. एवंम भिडियो छायांकन सम्मका नेपालमा भएका सम्पुर्ण कामको जिम्बेवारी गायक,संगितकार तथा म्युजिक व्यवसायि राजशुक्र लिम्बुले पुरा गरेका थिए ।-मनोरन्जननेपाल

कलेक्सन भिडियो प्रोमो यस्तो छ –