गायक सुजन तिगेला युकेको सांगीतिक यात्रामा

६ अक्टोबर २०१७ । पछिल्लो समय नेपाली सुगम संगीतमा निक्कै चर्चा बटुल्न सफल युवा गायक सुजन तिगेला लिम्बु युकेको सांगीतिक यात्रामा छन् ।

उनका झण्डै एक दर्जन गीतहरु पछिल्लो समय सदाबहार लोकप्रिय बनेका छन् । उनका के सारो ब्यूटी लुङामा ज्यू, ओ माई डार्लिङ, कथाले नै मागेपछि, पपीदेउन, जति हेरयो हेरिरहू लाग्यो, गल्ति मैले के गरे र धोका तिम्ले दियौ प्रिय लगायतका गीतहरु लोकप्रिय बनेका छन् ।


छथर जोरपाटी १ हात्तिखर्क, धनकुटामा जन्मिएका गायक तिगेलाले दार्जिलिङ, इलाम हुदै काठमाडौमा रहि संगीतमा सघर्ष गरिरहेका छन् । भर्खरै हङकङको सांगीतिक यात्रा सकेलगतै युकेमा आफ्नो सागीतिक यात्रामा निस्किएका हुन ।

गायक तिगेलाले कौरा, चुड्का लगायतका उत्कृष्ट गीतहरु पनि गाएर आफ्नो सांगीतिक आकाशलाई फराकिलो बनाएका छन् । उनले एक दर्जन भन्दा बढि आफ्नै लिम्बु मातृभाषाका गीतहरु पनि गाएका छन् । धेरै संगीत पारखीहरुले रुचाएका तिगेलाको सागीतिक कोसेली युकेबासीहरुले सुन्न पाउने भएका छन् । उनले २ सय भन्दा बढि गीतमा स्वर दिईसकेका छन भने उनका लैलै मेरी कान्छी, धरान बजारमा, कालजयी १, कालजयी २, कान्तिपुर गरि ५ वटा एकल गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।

गायक तिगेलाले केही सागीतिक कार्यक्रम मनु नेम्बाङ, तारा थेवे संग गर्नेछन भने केही कार्यक्रम उनका एकल हुने आयोजकले बताएका छन् । उनका कार्यक्रम तालिका तल यस प्रकार छः