आदिवासी

क्याम्पसमा महायज्ञ लगाउने तयारीप्रति नेफिन पान्थरकाे चासाे

२९ जनवरी, पान्थर ।  पान्थर जिल्लाको एकमात्र उच्च शैक्षिक संस्था पाँचथर बहुमुखी क्याम्पसमा आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ (पुराण)प्रति नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरले चासो व्यक्त गरेको छ ।
सोमबार क्याम्पसलाई पत्र लेख्दै यसबारे महासंघ पान्थर जिल्ला अध्यक्ष सागर केरुङद्वारा हस्ताक्षरित पत्रमा अक्षयकोष स्थापनाको लागि क्याम्पसमा आगामी फागुन २ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै सो बारे जानकारी पत्र जारी गरेको हो ।
पत्रमा शैक्षिक संस्थामा धर्म प्रचार गर्नु कति उचित हुन्छ ? भनेर प्रश्न समेत गरिएको छ। यदि सञ्चार माध्यमहरुमा आए जस्तै कुनै पनि बहानामा शैक्षिक संस्थामा धर्म प्रचार गर्न लागिएको हो भने त्यस कार्यको स्पष्ट विरोध र सशक्त प्रतिकार गर्ने पत्रमा भनिएको छ। पत्रमा तीन दिनभित्र यसबारे विस्तृत जानकारी गराउन अनुरोध गरिएको छ।
नेफिन पान्थरकाे विज्ञप्ति ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button