समाचार

थारू सङ्घको तदर्थ समिति विस्तार

काठमाडौँ, १४ माघ : नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल थारू सङ्घको केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरेको छ । तदर्थ कार्यसमितिमा ९८ सदस्य थप गरिएको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा रहेको नेपाल थारू सङ्घको केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरेको हो । सभापति देउवाले नेपाल थारू सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेसँगै अब थारू सङ्घको ९९ सदस्यीय कार्यसमिति बनेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button