समाचार

जसपा अध्यक्ष यादवले गरे मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास

काठमाडौं, ८ माघ । जनमत पार्टीको अवरोधबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गरेका छन् ।

जसपाका प्रवक्ता मनिष सुमनले हिन्दु विधि विधानअनुसार घण्टौंको पुजा आरधनासहित विश्वविद्यालयको भवन शिलान्यास सम्पन्न भएको बताए ।

जसपा अधयक्ष यादवद्वारा विश्वविद्यालयको भवन शिलान्यास गराउन लागिएको भन्दै जनमतले केही दिनदेखि असन्तुष्टि जनाउँदै आएको थियो । जनमतले व्यापक असन्तुष्टिका बीच जसपा अध्यक्ष यादवले भवन शिलान्यास गरेका हुन् ।

विश्वविद्यालय भवन शिलान्यास स्थल परिसरको सुरक्षा व्यवस्था कडाइ गरिएको थियो । सम्भावित परिस्थितिलाई ख्याल गर्दै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button