मिसेस ग्लोबल नेपालको ताज गुरुङलाई

काठमाडौं– ‘मिसेस ग्लोबल नेपाल’ को उपाधी मिसेस दोर्जे डोल्मा गुरुङले जितेकी छन् ।

राजधानीमा आइतबार भएको अन्तिम प्रतिस्पर्धामा गुरुङले अन्य १८ जना प्रतिस्पर्धीलाई उछिन्दै यस बर्षको उपाधी हात पारेकी हुन् । त्यस्तै मिसेस ग्लोबल नेपाल २०१७ को फस्ट रनरअपमा सोनिया शर्मा अधिकारी, सेकेन्ड रनरअपमा रिना लामा र थर्ड रनरअपमा सोनिया लामिछाने घोषित भए ।

विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता, सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतना जगाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

मिसेस ग्लोबल नेपाल २०१७ प्रतियोगिताको अन्य टाईटलमध्ये बेस्ट ट्यालेन्ट रिना लामा, बेस्ट क्याटवाक सुजा राउत, बेस्ट पर्सानालिटी सुनिता थापा, बेस्ट फोटोजेनिक सोनिया लामिछाने, बेस्ट स्माईल अन्जना पौडेल, बेस्ट स्किन सोनिया शर्मा अधिकारी, बेस्ट ड्रेस्स रेखा बस्नेत श्रेष्ठ, बेस्ट हेयर पुष्पा राई, बेस्ट कम्प्लेक्सन आर्जु गुरुङ, मस्ट कन्फिडेन्स सुनिला कायस्थ, मस्ट डिसिप्लिन मिरा राजबंशी गोर्खाली, मस्ट चार्मिङ तारा थापा, मस्ट ईन्टलजिन्ट दोर्जे डोल्मा गुरुङ, मस्ट एक्टिभ अनिशा श्रेष्ठ, मस्ट स्मार्ट सन्तोषी पाण्डे जोशी, मिसेस पंचुअल सुनिता तमाङ, बेस्ट फिगर मिना श्रेष्ठ, मस्ट पपुलर सुनिता तामाङ र मिसेस पब्लिक च्वाइसको टाइटल अवार्ड तारा थापाले हात पारे ।

एमजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको उक्त सौन्दर्य प्रतियोगीताको निर्णायकहरुमा मोडेल दिक्पाल कार्की, मोडेल तथा फेसन डिजाईनर क्षितिजा शाक्य थिए । यस प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।-युवापोष्टबाट