युके विशेष

प्रेरणादायी समाजसेवी महिला सपनासँग अन्तरक्रिया

गोमा राना,
२१ जनवरी २०२४ आइतबारको दिन फार्न्बोरो स्थित मगर भवनमा सपना रोका मगर जो सन् २०२० मा बिबिसीको १०० प्रेरणादायी महिलामा परेकी “चिहानकी परी”लाई मगर भवनमा स्वागत तथा अन्तर्कृया कार्यक्रम भयो ।

अन्तरक्रिया पछि मगर संग युकेको त्रैमासिक बैठक सम्पन्न भयो ।

मगर संघ युकेकी अध्यक्ष सीता पुनको अध्यक्षतामा पहिलो चरणमा सुश्री रोकाको छोटकरीमा आफ्नो जीवनी, के कति संघर्षले यो अवस्थामा आइपुगिन भन्ने अत्यन्तै मर्मस्पर्शी, प्रेरणादायी र वास्तविकता भिडियोमा देखाइएको थियो। नेपालमा सपना फाउन्डेसनकि सस्थापक बेवारिसे शव ब्यबस्थापन गरिरहेकी छिन।

राज्यले गर्नु पर्ने काम तर एक युवतीले यस्तो सर्हानिय काम गर्दा पनि राज्यबाट कुनै सहयोग नपाइएको उल्टो आक्षेप लाग्दा कहिलेकाही दुखी हुने कुरा ब्यक्त गरिन।

बिदेश बाट उनको शिक्षा र ब्यक्तिगत खर्चको लागि पठाइएको सहयोग रकम पनि सबै शव जलाउने ब्यबस्थापनमै खर्च गरेको कुरा,दिनमा २७ वटा सम्म पनि लास जलाएको तितो अनुभव सुनाइन् ।

हाल काठमाडौंका मेयर बालेन शाहले भने पशुपति क्षेत्र बिकासमा मिलेर काम गरौं भनी सहयोग दिने आश्वासनले ठुलो भरोसा र अझ बढी काम गर्ने हौसला मिलेको बताइन् ।

उनको उच्च शिक्षा अध्ययनको लागि बेलायतमा छात्रवृत्ति पाएको तर पहिलो जिम्मेवारी भने नेपालको आफ्नो फाउन्डेसनको राम्रो संग स्थापित गर्नेमा जोड दिएकी छिन् । उनी केही महिना बेलायतमै बस्ने र यो समयमा कुनै संघ सस्थाले अन्तरक्रिया गर्न चाहेमा मगर संघ सङ्ग सम्पर्क राख्न सकिने जानकारी दिएकी छिन् ।

दोस्रो चरणमा अध्यक्ष पुनको अध्यक्षतामा त्रैमासिक बैठक बसेको थियो। महासचिव गुमानसिङ थापाको प्रतिबेदन, कोषाध्यक्ष द्वय मोहन थापा र थाम रोकाको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।

फेब्रुअरी २४ तारिख अल्डर्शट एम्पाएर हलमा ४२औं मगर दिवस नेपाली राजदुतावास बाट राजदुतको प्रमुख आतिथ्यमा बिगतमा जस्तै मगर सास्कृतिक भेषभुषा सोरथी घाटुं अादि मगर पहिचान हुने खालका झाकी, प्रदर्शन गरि नेपाल बाट आउनु भएकी सानी कलाकार मुना थापाको प्रस्तुति का साथ भव्य सङ्ग मनाउने जानकारी सस्थाका उपाध्यक्ष कार्यक्रम सम्योजक रुद्र थापाले जानकारी दिए।

यसै बैठकमा आउदो जुन १५ गते शनिबार नेपाली ओपन कन्सर्ट मङ्गोलियन हार्ट ब्यान्डका साथ केन्टमा हुने जानकारी सस्थाका अर्का उपाध्यक्ष सम्योजक होम रोका र सास्क्रृतिक सचिव सरु राना गुरुङले जानकारी दिएका थिए।

बैठक पुर्व अध्यक्षहरु,संरक्षक पदाधिकारी, ट्रस्टि, सल्हाकार, शाखाका अध्यक्ष प्रतिनिधि लगायतका ब्यक्तिहरुको उपस्थिति थियो।बैठक महासचिव थापाले सम्चालन गरेका थिए।
अन्त्यमा कलाकार मुना थापा र कालिका रोकालाइ मगर भवनमा स्वागत गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button