युएई पुगेको ४ दिनमै नेपाली युवतीको मुत्यु

युएर्इ, भदौ ६ -घर बिदा सकेर फर्केको ४ दिनमा नै एक नेपाली महिलाको युएर्इमा मृत्यु भएको छ। सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका,५ कि २८ बर्षिय निमा शेर्पाको गत अार्इतबार उपचारको क्रममा युएर्इको अलएेन अस्पतालमा मृत्यु भएको हो।

छुट्टिको दिनमा साथीहरूसँग सामान किन्न बजार अाउदा अचानक टाउकोमा समस्या अाएपछी स्थानिय प्रहरीको सहायतामा अलएेन अस्पताल पुर्यार्इएका उनी गत अार्इतबार १२ बजे अस्पतालले मृत घोषणा गरेको थियो।

श्वासप्रश्वासमा समस्या र टाउकोमा अक्सिजनको कमीले गर्दा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बिशेष श्रोत अनुशार स्वाइन फ्लु भएको हुन सक्ने र यो प्राण घातक सरुवा रोग भएको हुनाले मृतकको पार्थिव शरिर isolate गरेर राखिएकोले कसैलाई भेटन वा हेर्न दिइएको छैन। रोगको थप विवरण जान्नको लागी मृतकको रगतको नमुना परिक्षणको लागी जर्मनी पठाएको पनि अस्पताल श्रोतले जानाकारी दिएको छ ।

मृतकको कम्पनीले अस्पताललाई अनुमती दिए पछि लास नेपाल पठाउन लाग्ने आवश्यक खर्च सबै व्यहोर्ने समेत जानाकारी उक्त कम्पनीको म्यानेजर मनोजले बताए । मृतकको भिषा क्यान्सिलेसन प्रोसेसमा रहेको, पुलिस रिपोर्ट बनेर आवश्यक प्रकियाको लागी भोली नेपाली दुतावासमा पुर्याइने भएको छ।

जर्मनबाट आउने परिक्षण रिपोर्टमा स्वाइन फ्लु नै देखिए मृतकको पार्थिव शरिरलाइ युएईको स्वास्थ्य सम्बन्धि कानुनले नेपाल लान अनुमति नदिने र अस्पतालमा बिशेष सुपरिवेक्षणमा लासलाइ युएर्इमा नै दाह संस्कार गर्नु पर्ने बतार्इएको छ।

युएर्इको अलएेन स्थित ड्याज्जल ट्रान्स्पोर्ट कम्पनीमा कार्यरत उनी एक बर्ष पहिले युएर्इ छिरेकी थिर्इन्। गत १ महिना पहिले मात्र बिबाह बन्धन बाँधिएकी निमाको मृत्युले परिवारमा ठुलो समस्या उत्पन्न भएको बिनोद श्रेष्ठको बाइलाइनमा रातोपाटीमा समाचार छ ।