गीतकार सुरेन्द्र महर्जन “अमर” को ‘तिम्रो कसम’ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

काठमाण्डौ । नेपाल र नेपालीको सुन्दर कल्पना देश हाँसी रहोस् भन्ने चाहना हो बुद्धको देश जनक, सीता, भृकुटी अनि सगरमाथाको देश नेपाल सबैलाई प्यारो हुन्छ । जहाँ रहेर पनि देशलाई माया नगर्ने नेपाली सायदै होला अनि नेपाली गीत संगीतलाई माया नगर्ने पनि कोही नहोला ।

देश बाहिर रहेर पनि नेपाली गीत संगातलाई माया गरेर पसिना बगाएर गीत संगीतमा लागेका गायक आर्यन खत्री र संगीता राइमाझीको स्वर रहेको छ भने गीतको संगीतकार सबिन लिम्बुको रहेको छ ।

बुद्ध सायमीको एरेन्जमा अडियो नेपालमा रेकर्डिङ भएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मुकेश हुमागाईले छायांकन रहेको भिडियोमा जमिस र चाहनाको अभिनय रहेको छ भने भिडियो निर्देशन बुकराम ढकालले गरेको हो । उक्त गीतका रचनाकार कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रहेको छ ।