समाचार

कुम्मायक गापामा जसपाको पुनर्गठन

१४ डिसेम्बर, या:सक(पान्थर) । जनता समाजवादी पार्टी नेपालकाे पान्थरकाे कुम्मायक गाउँपालिकामा पुनर्गठन भएको छ । गत मङ्गलबारको दिन जसपा, नेपाल कुम्मायक गाउँपालिका कार्य समिति पान्थरको पुनर्गठन कार्यक्रम पान्थरको यासकमा सम्पन्न भएको हाे ।

पुनर्गठन भएको समितिकाे अध्यक्षमा तारानाथ सम्बाहाम्फे, उपाध्यक्षहरूमा ईन्द्रकला लाओती राई र नेत्रबहादुर सम्वाहाम्फे, सचिवमा पूर्णकुमार मिभक, उपसचिवहरूमा नितेश सम्बाहाम्फे र अमर कुमार लाओती, कोषाध्यक्षमा तेजप्रकाश लाओती सहित ५६ सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी जसपा, नेपाल कुम्मायक गापा १ न. वडा कार्य समितिकाे अध्यक्षमा तिर्थराज लाओती, उपाध्यक्षमा साईमान लाओती, सचिवमा फूलकुमारी लाओती, सहसचिवमम लोकेन्द्र लाओतीसहित २३ सदस्य निर्वाचित भएका छन् ।

पुनर्गठित कार्यक्रममा प्रमुख अतिथि जसपा, नेपालका केन्द्रीय सल्लाहकार प्राडा महेन्द्र लाओती, विशिस्ट अतिथिहरूमा केन्द्रीय सल्लाहकार कर्ण लाओती, केन्द्रीय सल्लाहकार असिम पालुङ्वा, जसपा, नेपाल प्रदेश न. १ सदस्य विष्णु लाओती, कुम्मायक १ यासकका निर्वाचित अध्यक्ष देवेन्द्र लाओती, लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार चन्द्र मादेन, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती थिए । त्यस्तै, मुख्य सचिव केदार धिमाल, सदस्य जकेन्द्र लाओती, काङ्सोरे लिम्बु, जिल्ला सदस्य पदमसुखी सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो ।

तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन पूर्णकुमार मिभकले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button