एभरेस्ट आइडलको पहिलो (केन्ट) अडिसन २३ जुलाइ आसफोर्डमा

बेलायतमा पहिलो पटक आयोजना गरिदै गरेको एभरेस्ट आइडलको तयारि अन्तिम चरणमा पुगेको जानकारि प्राप्त भएको छ ।

इमेडिया हब लिमिटेड युकेले आयोजना गरेको प्रवासमा नेपाली गायन प्रतिभाको खोजि प्रतियोगिता “एभरेस्ट आइडल” मा चर्चित गायिका शर्मिला वर्देवा, शितु खरेल र गायक बिसि राईलाई निर्णायक चयन गरिएको छ । गत सोमबार साँझ कम्पनीले तिनै जना निर्णायकहरुसँग लण्डनको गोल्डेनसिप रेस्टुरेन्टमा एक ओर्कसपको आयोजना गरेको थियो । “एभरेस्ट आइडल” को यो पहिलो साल भएकोले प्रतियोगिता कसरि रोचक तथा चुस्त–दुरुस्त गर्ने भन्ने बिषयमा छलफल, अन्तरक्रिया र अभ्यास गर्नको लागि बिभिन्न ओकसपहरु गरिने कम्पनि चिफ एक्चुकेटिभ ईश्वर चाम्लिङले बताउनु भयो ।

उपस्थित निर्णायकहरु धेरै उत्साहित मुद्रामा थिए । निर्णायक शर्मिला बर्देवाले एभरेस्ट आइडल प्रवासमा अति आवस्यक साङ्गेतिक प्लाटफर्म बन्ने कुरामा ठोकुवा गरिन साथै शितु खरेलले सबैलाई भेट्न धेरै उत्साहित रहको दर्साइन । अर्का निर्णायक बिसि राईले प्रतिभालाई प्रस्फुटन गर्ने यो सुनौलो अबसर सबैलाई मिलेको बताउनु भयो ।

हेड अफ प्रोजेक्ट किसन राईले प्रतियोगिताको लागि करिब तिन दर्जन सहभागिले नाम दर्ता गराएको कुरा सार्बजनिक गर्दै प्रोजेक्टको सम्पुर्ण तर्जुमा अन्तिम चरणमा पुगेको जानकारि दिनु भयो ।

एभरेस्ट आइडलको पहिलो अडिसन २३ जुलाइ आसफोर्ड, केन्टमा तय भएकोछ ।

एभरेस्ट आइडल बिजेताले १२ सय पाउण्ड, प्रमाण पत्र सहित एक गीति एलबमको पुरस्कार हातपार्ने छ । दोस्रो हुनेले ५ सय पाउण्ड प्रमाण पत्र र गीति एलबम तेस्रो हुनेले २ सय पाउण्ड, प्रमाण पत्र र गीति एलबम पुरस्कार प्रदान गरिने छ । कम्पनिले प्रतियोगिताका उत्कृष्ट ५ प्रतियोगिहरुलाई समेटेर “एभरेस्ट आइडल २०१७” नामक एक गीति एलबम पनि प्रकाशन गरिदिने छ । प्रतियोगिताका अर्को पुरस्कार “पब्लिक च्वाइस भ्वाइस” रहने छ । कम्पिनिको युट्युब च्यानल ९भ्ःज् त्ख्० मा तथा फेसबुक पेजमा राखिएको सेमि फाइनलको प्रस्तुतिलाई गरिएको लाइक र भिउको आधारमा यो टाइटलको निर्धारण हुनेछ । यस टाइटलको लागि छुटै २ सय पाउण्ड नगद पुरस्कारको ब्याबस्था गरियको छ ।

एभरेस्ट म्युजिकल ब्लास्ट साङ्गितिक कार्यक्रमको समापन सँगै शुरु भएको यस कार्यक्रमको अन्तिम तयारिसँगै बेलायतमा फेरि साङ्गितिक माहोल छाएको छ । कार्यक्रमको लागि ब्यक्तिगत तथा ब्याबसायिक प्रायोजकहरु उत्साह पुर्बक आइरहेको पनि मार्केटिङ चिफ प्रेम गुरुङले जानकारि गराएका छन । समाजसेवी देउकी राईले दोस्रो पुरस्कार रासि ५ सय पाउण्डको स्पोन्सर गर्नु भएको छ, साथै अर्का समाजसेवी कुमार पुनले पनि तेस्रो पुरस्कार रासि २ सय पाउण्ड स्पन्सोर गरेका छन ।