प्रवास

मधुर अमेरिकाद्वारा मधेश छात्रवृतिको घोषणा शोधार्थी गुप्तालाई एवार्ड

गत ९ डिसेम्बर २०२३ का दिन अमेरिकामा मधेश र मधेशीको मानव अधिकारको संरक्षणको लागि संलाचित संस्था Madhesh Human Rights – Madhur ले अन्तरराष्ट्रीय मानव अधिकार दिवसको अवसरमा मधेश छात्रवृति घोषणा गर्दै पहिलो छात्रवृति Ph.D. अध्ययनरत एवं शोधार्थी #दिपक_कुमार_गुप्तालाई प्रदान गरेको छ ।

रू. ५१ हजार राशीको छात्रवृति हरेक वर्ष मधेशको क्षेत्रमा शोध-अनुसंधान एवं काम गर्नेलाई प्रदान गर्ने भनी मधुरका अध्यक्ष चन्दन सिंहले बताउनु भयो । दिपक कुमार गुप्ता विगत ३० वर्ष देखि मधेशको राजनीतिक, समाजिक, भाषिक-सांस्कृतिक एवं शोध अनुसंधानको क्षेत्रमा कार्यरत हुनुहुन्छ भने अहिले त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विभागमा संघीयता र मधेश विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

Justice For All Nepal – JFAN को आयोजनामा र मधुरको सहकार्यमा राजधानी स्थित सिलौटा कटेजमा Women Leadership in Populist Politics विषयमा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोग कि सदस्य माननीय विद्या सिन्हा, नेपाल ल कलेज कि उपप्रध्यापक अधिवक्ता रोशनी पौड्याल, मधुरका अध्यक्ष डा. चन्दन सिंह, महिला अभियन्ता भावना झा वक्ता रहेको कार्यक्रमका बीच उक्त छात्रवृति घोषणा गरिएको थियो । वक्ताहरू नेपालको राजनीतिमा महिला नेतृत्व, सहभागिता तथा महिलाका विविध पक्षको बारेमा आ-आफ्नो विचार राखेका थिएँ । वक्ताहरू विभिन्न सहभागीहरूको जिज्ञासाको जवाफपनि दिएका थिएँ । कार्यक्रम अधिवक्ता विकास विकल्पको अध्यक्षतामा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button