समाचारसाहित्य सिर्जना

इन्दिरा नेम्वाङले ल्याइन् याक्थुङ भाषाको ‘लक्खुम’ गजल संग्रह

डिसेम्बर ७, याङ्वरक(पान्थर) । पान्थरकी गजलकार इन्दिरा नेम्वाङ ‘निङसाङ‘ले याक्थुङ (लिम्बु) भाषामा लेखिएको गजलहरूको संग्रह ‘लक्खुम’ ल्याएकी छिन् । गजलकार नेम्वाङले गत शनिबार आफ्नै निवासमा कृति सार्वजनिक गरेकी थिइन् ।

कृति विमाेचन गर्दै गाउँपालिका अध्यक्ष लगायत उपस्थित साहित्यकारहरू । फाेटाे स्राेत : फुलेन्देकाे बा 

याङवरक गाउँपालिकाको वडा नम्बर ५ स्थिता याङसिङबुङमा रहेको निवासमा पहिलो प्रकाशित कृतिका रूपमा गजल संग्रह आएको हो । याक्थुङ भाषामा लक्खुमको शाब्दिक अर्थ आँगन भन्ने हुन्छ । कृतिको विमोचन गाउँपालिकाका अध्यक्ष भीमप्रसाद योङयाले गरेका थिए । चलचित्र निर्देशक एवम् कलाकार मौसम इम्बुङ (फुलेन्देको बाउ)ले सञ्चालन गरेको कार्यक्रम नामओती समूह याङसिङबुङले आयोजना गरेको थियो । विमोचन भएको स्थल दम्पतीद्वय इम्बुङ र नेम्वाङको नमुना साँस्कृतिक घरका रूपमा परिचित छ ।

कार्यक्रममा साहित्यकारहरू मधु केरुङ, पुष्पहाङ लोवा, एलबी नेम्वाङ, महेन्द्र सेलिङ, बाबा मेन्याङ्वो, सविन माबो लगायतले कृतिउपर बोलेका थिए । दि मार्जिनले प्रकाशन गरेको कृतिलाई निबन्धकार निशेष आङ्देम्बेले सम्पादन गरेका हुन् । गजलकार समेत रहेका केरङले कृतिकार नेम्वाङको गजलहरू तीनधारको लेखनमध्ये पहिचानको धारबाट लेखिएको टिप्पणी गरे । गजलकार नेम्वाङले वैवाहिक जीवनको एक वर्ष पुगेको उपलक्ष्यमा कृति आएकोले विशेष भएको भन्दै प्राप्त प्रतिक्रियाहरूबाट लेखनमा अझ बढी जोड गर्ने जनाइन् । उनी पछिल्ला वर्षहरूमा याक्थुङ भाषामा गजल लेखनसँगै पाःलाम, हाक्पारे गायनका कारण लोकप्रिय बनेकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button