समाचार

ब्रिट्रिस आर्मीका रिटायर्ड मेजर राईको दुर्घटनामा निधन (भिडियो सहित)

लण्डन, गत २९ नोभेम्बरका दिन सडक दुर्घटनामा परि ब्रिट्रिस आर्मीका रिटायर्ड मेजर गणेश राईको निधन भएको छ ।

प्राप्त जानकारी अनुसार आफ्नो गाडी एक कार संग सामान्य ठोक्किए पछि रोडको साइडमा रोकेको अवस्थामा पछाडीबाट ठूलो मालबाहक गाडी लोरीले ठक्कर दिएको भनिएको छ ।

उक्त दिन मेजर राई सानो औडि गाडी लिएर घरबाट निस्किएका थिए । ठूलो गाडी लिएर निस्किएको भए दुर्घटना नहुन सक्थ्यो कारण ठूला गाडी र महंगा गाडीमा सेफ्टि मजबुत हुने गर्दछ ।

भोजपुर पुर्ख्यौली घर र आर्मी नम्बर २११६८८६० भएका ५० वर्षीय राई टुआरजीआरमा कार्यरत थिए । ३२ वर्ष सेवा गरेपछि उनी केही महिनाअघि मात्र सेवाबाट अवकास पाएका थिए । उनी हाल ब्राकनेलमा बस्दै आएका थिए ।

उनको श्रीमती र दुई छोरी रहेका छन् । भोजपुर र धरानमा बसोबास गर्ने उनका आफ्ना भाई पदम राई राज्य मन्त्री पनि बनेका थिए । मेजर राई अध्ययन, साहित्य लेखन र वाद्यवादनमा राम्रो ज्ञान राख्दथे ।

नेपालीसमाचार परिवार मेजर राई प्रति गहिरो शोक ब्यक्त गर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button