प्रवास

मलेसियामा युमा साम्याेले मनायो चासाेक तङ्नाम

२७ नाेभेम्बर, मलेसिया । याक्थुङ समुदायको महान् पर्व तक्साेक थिसाेक(चासाेक तङ्नाम)काे अवसर पारेर मलेसियामा भव्य कार्यक्रम सम्पन्न भएको छ ।

युमा साम्यो महासभा मलेसियाको आयोजनामा चासोक तङ्नाम २०२३ सम्पन्न भएको हाे । समितिका अध्यक्ष इन्द्र आङबुहाङकाे अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रम किरात याक्थुङ चुम्लुङका वरिष्ठ उपाध्यक्ष पदमराज लिम्बुकाे प्रमुख आतिथ्यमा भएको थियोे ।

चासाेक तङ्नामका अवसरमा आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रम ।

कार्यक्रममा महासभाका संरक्षक भरत केदेमले चासोक थिसोक माथि प्रकाश पारे । सल्लाहकार इन्द्र लुम्फुङ्वाले कार्यक्रममा सबैलाइ चासोक तङनामको शुभकामना व्यक्त गरे । अन्य अतिथिहरूमा बतेह्रथुम मलेसिया सम्पर्क मञ्चका उपाध्यक्ष ताेया राेशन, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष जीवन देवान गाउँले, सोयाकेली बचत तथा ऋण समूहका पूर्व सचिव राज येक्तेन लिम्बु लगायत थिए । अतिथिहरूलाई खदा तथा सिलाम साक्माले स्वागत सम्मान गरिएको थियो । जलपानसँगै कार्यक्रमलाई अन्तिम रूप दिदै यालाङ(धान नाच) र फोटो सेसनसँगै कार्यक्रम सकिएको थियो । कार्यक्रम महासचिव सुमन येक्तेनले सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button