अन्तर्राष्ट्रिय

रूसद्वारा कीएभलगायत स्थानमा व्यापक ड्रोन आक्रमण

युक्रेनले शनिबार ७५ वटा रूसी ड्रोन युक्रेनी क्षेत्रमा पठाएको र तीमध्ये अधिकांश राजधानी कीएभको आकाशसम्म पुगेको यसक्रेनी सेनाले जनाएको छ ।

युक्रेनी सेनाले ७४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले खसालिदिएको दावी गरेको छ ।

युक्रेनी सेनाले रूसले इरानी निर्मित शाहेद ड्रोनको ‘उच्च सङ्ख्या’ मा प्रक्षेपण गरेको थियो ।

तीमध्ये अधिकांश राजधानी कीएभमा खसालेको आक्रमणबाट विद्युत गृहहरूमा क्षति पुगेको बताइएको छ ।

विद्युत गृहमा भएका आक्रमणका कारण तापक्रम माइनसभन्दा तल झरेपछि शहरको मध्य भागमा विद्युत् कटौती भएको जनाएको छ ।

तत्कालिन सोभियत सङ्घका नेता जोसेफ स्टालिनको शासनकाल सन् १९३० को दशकमा युक्रेनमा लाखौं मानिस भोकमरीमा परेको दिनको सम्झनामा युक्रेनले होलोदोमोर स्मरण दिवस मनाइरहेको बेला ड्रोन आक्रमण भएको हो ।

“दुश्मनले युक्रेनमा उच्च सङ्ख्यामा ड्रोनमार्फत् आक्रमण गरेको छ । आक्रमणको मुख्य दिशा कीएभ रहेको छ,” युक्रेनको वायु सेनाका कमान्डर जनरल माइकोला ओलेश्चुकले भन्नुभयो ।

वायु सेनाले ७५ मध्ये ७४ वटा ड्रोन खसालेको जनाएको छ ।

छ घण्टा सम्म चलेको हवाई आक्रमणमा राजधानीमा ११ वर्षीय बालकसहित पाँच जना घाइते भएको कीभका अधिकारीहरूले बताएका छन् ।

कीएभका मेयर भिटाली क्लिट्स्कोले ड्रोनको भग्नावशेष खसेपछि शहरका केही घरमा आगलागी हुनुका साथै भवनमा क्षति पुगेको बताउनुभएको छ ।

आक्रमणबारे बताउँदै एएफपीका सञ्चारकर्मीले कीएभका बासिन्दाले शहरको निप्रोभ्स्की जिल्लामा भत्किएको झ्याल र अन्य क्षतिलाई सफा गरेको र नजिकै एम्बुलेन्सहरू पार्क गरिएको आफुले देखेको बताए ।

यसैबीच, युक्रेन भ्रमणमा रहेका लातभियाका राष्ट्रपति एड्गार्स रिन्केभिक्सले आक्रमणका क्रममा कीएभको एउटा अँध्यारो बम सेल्टरभित्र रहेको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ ।

आक्रमणपछि दर्जनौं भवनको विद्युत् कटौती भएको थियो तर युक्रेनको ऊर्जा मन्त्रालयले भने पछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button