युके विशेष

लण्डनमा जारी गोर्खा वार्ता विना निष्कर्ष टुंगियो, जानकारी सभामा भयो होहल्ला (भिडियो सहित)

लण्डन, २२ नोभेम्बर २०२३ । व्रिट्रिस गोर्खाको समान तलब, पेन्सन र सुविधाहरुको विषयमा जारी लामो आन्दोलन वार्ता मार्फत सम्बोधन गर्न तेस्रो मन्त्री स्तरिय वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

दुई प्राविधिक वार्ता र तिन मन्त्री स्तरिय वार्तागरि जम्मा ५ वटा वार्ताबाट आंशिक उपलब्धि भएपनि समग्रमा वार्ता उपलब्धिविहिन बनेको छ ।

दिउसो ३ बजे लण्डनको ब्रिट्रिस रक्षा मन्त्रालयको सभा कक्षमा युकेका भेट्रान मन्त्री डा. एन्ड्रियू मरिसन, कर्णल अफ द गोर्खा रेजिमेन्टका हेड डेभिड रबिन्सन लगायत वार्तामा सहभागी थिए भने नेपाल एवं गोर्खाको तर्फबाट राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख, सैनिक सहचरी, परराष्ट्र मन्त्रालयको यूरोप अमेरिका हेर्ने डेस्कका एक ज्वाइन्ट सेक्रेटरी र गोर्खाको तर्फबाट प्रमुख वार्ताकारद्धय जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ त्यस्तै गरि आन्दोलनको तर्फबाट कृष्ण बहादुर राई सहभागी भएका थिए ।

आजको वार्तामा के के विषयमा छलफल गर्ने भनेर बुंदाहरु सोहिदिन विहान ९ बजे मात्र पठाएकोमा प्रमुख वार्ताकार गुरुङले असन्तुष्टि ब्यक्त गरे भने गोर्खाको माग राखेर विभिन्न ब्ल्याकमेलिङ नगर्न मन्त्री मरिसनले बताएकोले आफूहरु असन्तुष्ट रहेको अर्का वार्ताकार तामाङले बताए । वार्ताको उपलब्धि भनेकै अर्को वार्ता गर्ने सहमति हुनु मात्र भएको कुरा वार्ताकार राईले जानकारी दिए । गोर्खा वार्ताको बारेमा केही महिना अघि युके आएका प्रधानमन्त्रीसँग कुरा भईसकेको भन्ने कुरा मन्त्रीले गरेपछि राजदुत आचार्य र ज्वाइन्ट सेक्रेटरीले सो कुरा आफूहरुलाई थाह नभएको भनी स्पष्ट पारेका थिए । वार्तामा वेलायती पक्षको तयारी कमजोर र अपरिपक्क देखिएको जनाए ।

भित्रि वार्ता चलिरहेको बेला रक्षा भवन अगाडी सयौ भूपू गोर्खा र तिनका परिवारहरु दबाब दिन जम्मा भएका थिए । वार्ता सिद्धिएपनि जानकारी दिने काम भईरहेको बखत चितवनका विष्णु गुरुङले अपशब्द प्रयोग गर्दै भिडलाई भाँडन खोजेका थिए । सामान्यतया गुरुङ सबै कार्यक्रमहरुमा त्यस्तै गर्नेगरेका छन । केही बर्ष अघि युकेको एनआरएनको अधिवेशनमा पनि उनैले ठूठूला स्वर गरेर भिड् बनाई, साच्चै नै एनआरएन युकेमा के के नै भयो भन्ने बनाएका थिए एक जानकारले बताए । उनलाई चिन्नेले भने सामान्य लिने गरेका छन ।

अबको वाटो आन्दोलन नै रहेको कुरा गोर्खा सत्याग्रहका निर्देशक ज्ञानराज राईले बताए भने वार्ता प्रति आफू असन्तुष्टि रहेको कुरा गोर्खा आन्दोलनका शुरुवातकर्ता पदम बहादुर गुरुङले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button