आदिवासी

पहिचानको आन्दोलन रक्षात्मक चरणमा पुगेको बेलायतनिवासी आदिवासी जनजाति समुदायको ठहर

लन्डन । ०७ जनवरी २०२ का दिन नेपालमा हालै सम्पन्न सङ्घीय र प्रदेशको निर्वाचनकाे परिणामले पहिचानको आन्दोलन रक्षात्मक चरणमा पुगेको बेलायतमा रहेका नेपालका आदिवासी जनजाति समुदायले ठहर गरेको छ ।

सङ्घीय लाेकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका मुद्दाहरूप्रति अनुदार राजनीतिक शक्तिहरू उदाएको भन्दै पहिचानवादी शक्तिहरूकाे एकतामा जाेड दिनुपर्ने आदिवासी अभियन्ताहरूले जाेड दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूकेकाे आयोजनामा शनिबार बेलुकी भएको भर्चुअल बैठकमा नेफिन, आदिवासी जनजाति महिला महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज), आदिवासी जनजाति युवा महासङ्घ, आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, जातीय घटक संस्थाहरू लगायत नेफिनका पदाधिकारीहरूकाे उपस्थिति रहेको थियोे । बैठक नेफिन अध्यक्ष कर्मा पहाडी शेर्पाकाे अध्यक्षतामा भएकाे थियो ।

महासचिव विमला सेने लिम्बुले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्षहरू सिरी साम्यू लिम्बु, जङ्ग सुनुवार, नेफिन वरिष्ठ उपाध्यक्ष लीला सेलिङ माबाे, सचिव विमला राई, किरात राई यायाेक्खा यूके अध्यक्ष याेगेश राई, फाेनिज अध्यक्ष गाेमा राना मगर, महिला महासङ्घ अध्यक्ष शान्ताकला राई, साहित्यकार/लेखक महासङ्घ संयाेजक अमित थेवे, युवा महासङ्घ उपाध्यक्ष रुद्र थापा मगर, नेफिन सल्लाहकारहरू दूत पुन, एकिन्द्र गुरुङ, वम थापा सूर्यवंशी लगायत पनि थिए ।

राष्ट्रिय आविष्कार केन्द्रकाे सहयाेगार्थ आगामी मार्च ११ तारिखमा च्यारिटी डिनर आयोजना गर्ने भएको छ । उक्त दिन आदिवासी जनजाति समुदायको साँस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिने महासचिव लिम्बुले जनाइन् ।

बैठकमा आदिवासी पर्वहरू चासाेक तङ्नाम, साकेला उधाैली, चासुवा, फाेलष्याँदर, तमु ल्हाेछार, ज्यापू दिवस लगायत नयाँ वर्ष २०२३ काे उपलक्ष्यमा समेत शुभकामना आदानप्रदान गरिएको थियोे ।

यसैगरी, जाजरकाेट घटनामा आधारित भएर निर्माण गरिएको वृत्तचित्र ‘अ स्याड सङ अफ लभ’ काे यूकेकाे विभित्र सहरहरूमा गरिने प्रदर्शनीलाई समेत सहयोग गर्ने निर्णय गरेको छ । वृत्तचित्र जाजरकोटमा भएको हत्याकाण्डबारे छ । २०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा एउटा अकल्पनीय हत्याकाण्ड भयो । आफूभन्दा कथित ‘माथिल्लो’ जातकी युवतीसँग प्रेम गरेका जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीहरूलाई लखेटी-लखेटी हत्या गरिएकाे थियोे । हातखुट्टा बाँधेर भेरी नदीमा फालिएकाे थियोे । घटनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतमा ३४ जनाविरुद्ध मुद्दा त चलाए पनि तर मुद्दामा पीडितले न्याय पाउन सकेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button