दशै चाड, आठपहरिया समुदाय, सहिद रिदामा र राम्लिहाङ पृष्ठभूमि

निमा पोङ्स्युवा,धरान । हरेक बर्ष दशै चाड आउँछ दशै मान्ने नमान्ने बिरोध गर्ने बहिष्कार गर्ने दोहोरी नै चल्छ। दशैमा शुभकामना आदानप्रदान गरिन्छ।जानेर वा नजाजेर बुझेर वा नबुझेर दशै मनाईरहेका हुन्छ।अझ रमाइलो कुरा त नेपालका विद्वान आदिवासीहरु नै केहिले दशैं आदिवासीको चाड हो भनेर तर्क गर्दैआईरहेका छन भने कोही आदिवासी अगुवा विद्वान भने दशै अरुको चाड लादिएको हो भनेर तर्क गरिरहेका छ्न।दशैलाई बडा दशै बिजया दशमी भनेर पनि भनिएको छ।

शुर अशुरको लडाईपछी बिजय भएकोले नै बिजयादशमी भनिएको हो भनेर किंवदन्ती कथा सुन्नमा पाईन्छ।दशैमा लगाईने रातो टीका पुर्खाको रगतले पोतिएकोले आदिवासीले सेतो टीका लगाउने गरेको र जितको उत्सव नभै हारको प्रतिकको रुपमा सेतो टीका लगाएको भन्ने मान्यता पनि छ।अर्कातर्फ दशैं बहिष्कार भनेर बिरोधको रुपमा कालो टीका लगाउने गरेको छ भने आदिवासी नेवारी समुदायले मौलिक पर्व मोहनी नख: मा पनि कालो टीका लगाउने प्रचल छ।दशै मान्ने नमान्ने दोहोरीको भुमरीमा बिगत वर्षदेखि नै आदिवासीहरु रहँदै आएकाछन।यस अघि देबि र दानव शुर अशुरको युद्धको बिजयको कथा सुनिदै आएको भए पनि लामो समयपछि गत साल बिक्रम सम्बत २०७५ सालको दशैमा म घरमै सामाजिक संजाल चलाएर बसिरहेका थिए।हाम्रो समुदाय सहित घरमा पनि पहिलादेखी नै दशै मान्ने चलन छैन ।

आदिवासी अभियन्ता आङकाजी शेर्पाले काठमाडौमा दशैमा टीका लगाउने यात्रु जसले सवारी साधन नपाउदा अभर परेकालाई गन्तव्यमा पुर्‍याउदै गरेको फेसबुक लाईभ हेर्दै शेयर गर्दै बसिरहेको थिए। रकम चाम्लिङ र नाम्बोछा चाम्लिङले फेसबुकमा एउटा शालिक शेयर गर्नु भएको देखे। मेसेन्जरमा उहाँलाई सोधे मैले यो कहाँ हो भनेर । उहाँ नेपाल बाहिर रहेकोले यो धनकुटा जिल्लामा तत्कालीन दशै नमानेको आरोपमा रिदामा आठपहरिया र राम्लिहाङ आठपहरियालाई झुन्ड्याएर मारिएको भनी सालिक बनाएको भन्ने जानकारी पाएँ। त्यही दिनमा मैले २०७६ सालको दशैको टिकाको दिन श्रद्धाञ्जली अर्पण गर्न जाने बाँचा गरे।को हुन र किन मारिए?रिदामा आठपहरिया र राम्लिहाङ आठपहरिया त्यहाँका स्थानिय पुजारी रहेका थिए। बिक्रम सम्वत १९३३ ( सन१८६७) नवमिको दिन थियो।सधैं झै नवमिको दिन सबैले मार हाने कि हानेन भनेर राणा शासकका पहरेदारहरु सुराकी पठाएका थिए।जसले मार हानेर दशै मनाईन्छ उसको घरको ढोकामा रगतले लतपतिएको हातले छाप लगाउनुपर्ने राणा शासनको नियम थियो। यदि यस्तो छाप नभए दशै नमाने ठहरिने र कार्वाही गरिने राणा शासक चेतावनी थिए ।

सन१८६७ तदनुसार बिक्रम सम्बत १९३३ मा द्वय रिदामा आठपहरिया र रामालीहांग आठपहरियाले खाम्चेखोलाको पानी चोंग्शोंग्मा बनको देउराली आडुबा उत्पतिमा लिप्नको लागि लिन गएका थिए।आठपहरिया जातिको आफ्नै मुन्धुम, रितिरिवाज, परम्परा अनुसार होम्बारक सामेटको हांग पुजारीले पानी माग्नको लागि खाम्चेखोला को पानी चोंग्शोंग्मा बनको देउराली आडुबा उत्पतिमा पानी चढाउन चलन छ र पानी लगेर देउराली आडुबामा लगेर लिप्ने चलन छ, यहि अवसरमा राणाका सेनाहरु दशै मनाउने उर्दि छ भन्दै गाउँ गाउँ छिरे र घरमा नवमिको दिन राँगा,बोका मार हानेको छ कि छैन निरीक्षण गर्दै आलो रगतले घरमा हातको छाप हेर्दै गए।रिदामा र राम्लिहाङले दशै नमानेको सुराकी पाएपछि राणा सेनाले यिनी दुई जनालाई केरकार गरे । त्यस समय द्वय आठपहरिया हांग पुजारीहरुले हाम्रो आफ्नै चाड छ हामी दशैं चाड मानदैनौ भनी इन्कार गरेका थिए।

हाम्रो हुकुम पालना नगरेको भन्दै लाताले हान्दै लगेर झुण्डाए र निर्मतापुर्वाक हत्या गरियो।यसरी हत्यापछि शहीदहरु रिदामाहांग आठपहरिया र रामालिहंग आठपहरिया कै आलो रगत चामल सित मुछेर टिका बनाइ आदिवाशी जनजातिहरुको निधारमा जबरजस्ती लगाइ दिए(हेर्नुहोस : लुङ्खिम डम्बर मिसेक फेसबुक,किराँती सहिद रिदामा र राम्लिहाङको सम्झनामा मे ६ २०१३) । त्यतिले मात्र नभई त्यही रगतले ५ औंलाको छाप प्रतेक घर्-घरको मुल ढोकामा हानियो । त्यसपछि सम्पूर्ण आठपहरिया जातिहरुलाई टिका लगाउन लगाई, लगाएको चिनोको रुपमा ढोकाको दलिनमा आलो रगतले चिनो लगाउन उर्दी लगाइयो ।यसरी राणा शासकका सेनाले झुण्ड्याएर मारिएको धनकुटा नगरपालिका वार्ड नं ७, स्थित त्यो ठाउँलाई झुण्डुवाको नामले पनि चिनिन्छ ।यहि घटनालाई लिएर धनकुटाका आठपहरिया समुदायले दशैं बहिष्कार गरिदै आएको छ।को हुन आठपहरिया?नेपाल बिभिन्न जाती बसोबास गरेको देश हो।

आदिम कालका मुलबासी मध्ये आठपहरिया पनि एक हो। यस जातिको मुख्य थातथलो धनकुटा जिल्लामा छ।धनकुटा जिल्लाको धनकुटा नगरपालिका, बेलहारा र भिरगाउँ आसपासमा बसोबास गर्दछन।तमर नदी उत्तर, चित्रेटुटेको डुङडुङे दक्षिण (हाल तेह्रथुमको) तम्बु खोला पश्चिम, माङ्माया खोलाको पूर्व यति चार किलाभित्रको भू–भागलाई ऐतिहासिक पृष्ठभूमि मानिएको छ।यहि चार किल्लाको रक्षार्थ आठ किल्ला निर्माण गरि परिवार सहित आठै प्रहर पहरा दिएको हुनाले नै यी समुदायलाई आठपहरिया भनिन थालेको भनाई छ।आठपहरियाको आफ्नै भाषा,संस्कार,भेषभुषा,रहनसहन छ।नेपालमा जनगणना २०६८ अनुसार १२५ जातजाति रहेको तथ्यांक छ।जस अनुसार आदिवासी मुलबासी मध्ये आठपहरिया जाती पनि एक हो। यी जातीले राई पनि लेख्ने गरेको पाईन्छ।पछिल्लो समयमा नामको पछी आठपहरिया पनि लेखेको पाईन्छ।

२०६८ सालको जनगणना अनुसार आठपहरियाको जनसंख्या ५,९७७ देखाएको छ। यस जातिको पाछा थरहरु छिन्ताङको वान्तवासंग पनि केही मिल्ने र भाषा करिब ५ प्रतिशत मिल्ने कुरा बिजकर्ण आठपहरिया बताउछन् ।तर उनका अनुसार आठपहरियाका संस्कार संस्कृति भने छुट्टै रहेको बताउछ्न।अन्त्यमा :राणा शासकले दशै नमानेको भनेर सन १८६७ मा आफ्ना पुर्खाको हत्या गरिएको भन्दै आठपहरियाले दशै मान्ने गरिएको छैन। उनको सम्झनामा चार वर्ष अघि झुण्डुवा ( चुलि वन)मा दुई जनाको प्रतिमा स्थापना गरिएको कुरा किरात आठपहरियाका समाज नेपालका महासचिव सुर्य आठपहरियाले जानकारी दिएको छ। उनले अल्पसंख्यक आठपहरियामा संस्थागत रुपमा वार्षिक श्रद्धाञ्जली कार्यक्रम गरिदै आएको बताए। तर देश बिदेश जाने क्रमले संस्थामा केही काम गर्न केही समस्या आएको बताउछन। सहिद द्वय रिदामा र राम्लिहाङको नाममा धनकुटामा आठपहरियाको चाडको अवसरमा फुटबल पनि खेलाउने गरिदै आएको महासचिब सुर्य आठपहरियाले बताए।

धनकुटाको बसपार्क नजिक मदन भण्डारिको अर्ध कदको शालिक छ र वार्षिक रुपमा त्यहाँ माल्यार्पण गरिन्छ।तर त्यहीँ नजिकै रहेको सांस्कृतिक सहिदको लागि भने कसैको चासो भएको छैन ।गत सालको जानकारीले म दशैको टिकाको दिन मित्र बरदान राईसंग झुण्डुवा (चुलि वन) पुग्यौ।हामिले खादा चढाउन अघि त्यहाँ खादा फुल चढाईसकेको रहेछ।समयले मध्याह्न भएको थियो।तर हामिले आयोजकलाई भेटाउन सकेनौ।आयोजकको उपस्तिथि न्युनसंगै कुनै पनि राजनितिक दल संघ संस्थाको उपस्थितिमा कार्यक्रम भएको पाईएन। यो पनि दुखदको पाटो पाएँ।

धनकुटा जिल्ला सचेत आदिवासी तथा नेता रहेको जिल्ला नै हो र तत्कालिङ राज्य संरचना अनुसार पुर्वान्चल क्षेत्रको सदरमुकाम समेत हो।तर बत्तिमुनिको अँधेरो नै रहेको मैले महसुस गरें ।नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद,फोनिज जस्ता संघ संस्था समेत रहेको अवस्थामा सांस्कृतिक सहिद रिदामा र राम्लिहाङ्को बारे कार्यक्रम नहुनु तथा प्रचारप्रसार नहुनु दुखको कुरा छ। यस बिषयमा देश विदेशमा रहेकाहरुको चासो गरिदै आएको छ।जस मध्ये रकमम चाम्लिङ,नाम्बोचा चाम्लिङ पनि एक हुन।उहाँहरुले सहिदको व्यापक प्रचारप्रसार संगै एउटा प्रतिष्ठान नै स्थापना गर्ने सोछ राख्नुभएको छ।सुझाबहरु:१)किरात आठपहरिया समाज संगठित हुनुपर्ने छ।२) हरेक दशैको अवसरमा श्रद्धाञ्जली सभा गर्न आयोजकको भुमिका रहनुपर्नेछ।आयोजनामा जनप्रतिनिधि,अन्य संघ संस्था संचार पत्रकार लगायतलाई बोलाएर कार्यक्रम गर्न आवस्यक छ।३) नेपाल आदिवासी जनजाति महासंघ धनकुटा जिल्ला समन्वय / धनकुटा नगर समन्वय परिषदले समन्वयकारी भुमिका खेल्न आवस्यक छ।४) यस कार्यक्रमलाई फोनिज धनकुटा नेपाल पत्रकार महासंघ धनकुटाले संचारको भुमिकामा आवस्यक छ।५) निर्माण कै क्रममा रहेकोले होला शालिकमा नाम हुनुपर्ने छ।

चिन्न सकिएको छैन रिदामा र राम्लिहाङ कुन हो।६)सालिकमा माला खादा लगाउन अप्ठ्यारो छ।सालिकमा नै टेक्नुपर्ने अवस्था छ।अगाडि अग्लो भाग राखेर चढ्न सजिलो बनाउनुपर्ने देखें।७) सहिदको ईतिहास नजिकमा शिलालेखमा छोटकरीमा नेपाली तथा अङ्ग्रेजी भाषामा लेखेर राख्न आवस्यक छ।दशैं बहिष्कार भन्नुभन्दा पनि दशैं नमानेको कारण तत्कालीन शासकले हत्या गरिएको बारे जनमानसमा यथार्थ कुरा अगाडि ल्याउन आवस्यक छ।धनकुटाको ज्यादतीको इतिहास जस्तै अन्य स्थानमा पनि भएको होला त्यस्ता कुरालाई बाहिर ल्याउनुपर्छ।अरुको संस्कार परम्पराको सद्भाव राख्दै आफ्नो संस्कार परम्पराको संरक्षण गर्नु नै आजको आवस्यकता हो।[email protected]