एनआरएन विशेष: एनआरएन यूके अध्यक्षमा पुनम गुरुङ विजयी । को-कसले जिते, अनि कति मत पाए ? पूरा विवरण सहित

युके । २१ सेप्टेम्बर २०१९ । एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ तथा महासचिवमा फडिन्द्र भट्टराई विजयी भएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत ल्याए । उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मत ल्याएर विजयी बनेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मत ल्याएर जितेकी छन् । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन् । महासचिवमा फडिन्द्र भट्टराई ३९७५ मत प्राप्त गरी विजयी बने ।

सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर ढकाल ३२१३ मत ल्याएर निर्वाचित भए । महिला सचिवमा रन्जिता मल्ल ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्षमा शकुन्तला गुरुङ ३९३६ मतसहित विजयी बने । युवा संयोजकमा नवीन गुरुङ ४३६८ र महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित जितेका छन् । सदस्यमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९ , कोपिला वनेम ३२६०, लालबहादुर गुरुङ ३०३४३, कृष्णप्रसाद खरेल २८२९, डा सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९ , चन्द्रकला लिम्बू ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आले मगर २६६६ मत ल्याएर विजयी बनेका छन् । आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए । इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भए । प्रतिस्पर्धी भिम सारुको २९०५ विरुद्ध श्रेष्ठले ३१२० प्राप्त गरे ।

उपाध्यक्षमा लालबहादुर गुरुङ ३६३७ मतसहित विजयी बने । सचिवमा गोबिन्द शर्मा खरेल २९५६ ल्याएर निर्वाचित बने । कोषाध्यक्षमा ध्रुवहरी बास्कोटा २७०७, सहकोषाध्यक्षमा चन्दन गुरुङ ३७६० मत प्राप्त गरी जिते । सदस्यमा वन्दना केसी ४६४२, मोहन ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी भए ।

एनआरएन केन्द्रको अध्यक्षमा युकेबाट कुल आचार्यको उम्मेदवारी घोषणा (भिडियो सहित)

गत २४ सेप्टेम्बर २०१९ का दिन युकेको अल्डरसटमा एक भब्य समारोहको आयोजना गरि वर्तमान उपाध्यक्ष कुल आचार्यले आउदो ९ औं विश्व अधिवेशन तथा सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले आफ्नो घोषणापत्र पनि जारी गरेका छन् । आचार्यको उम्मेदवारीमा समर्थन तथा शुभ कामना दिन बेल्जियम, नेदरल्याण्ड र स्वीडन लगायतबाट दर्जनौ एनआरएनकर्मीहरु उपस्थित भएका थिए । युकेका नवनिर्वाचित अध्यक्ष पुनम गुरुङ, प्रतिद्धन्दि शेरबहादुर सुनुवार लगायतको उपस्थिती थियो ।

कार्यक्रमको अन्तमा गायिका खिमा रोक्का लगायतको सांस्कृतिक प्रस्तुती रहेको थियो । कार्यक्रम संचालन पूर्व प्रवक्ता रमेश साराङकोटी मगर र जगन कार्कीले गरेका थिए ।

विश्व सम्मेलन आउदो अक्टोबर १५ देखि १७, काठमाडौको हायत होटलमा हुनेछ । अर्का अध्यक्षका प्रत्यासी जर्मनीबाट बहाल उपाध्यक्ष कुमार पन्त रहेका छन भने यसपटक काँग्रेसको तर्फबाट आचार्य र कम्युनिष्टको प्यानलबाट पन्त लडने वातावरण बन्दै गएको छ । युकेबाट मतदाता लगभग १७१ जना सहभागी हुन पाउनेछन र सहभागीले प्रवेश शुल्क प्रतिब्यक्ति नेरु २० हजार बुझाउनु पर्नेछ साथै युकेको सदस्यता लिएको हुनुपर्नेछ ।

उम्मेदवार आचार्य युकेमा लोकप्रिय मानिन्छन । उनले युकेको राष्ट्रिय समन्वय समितिमा सदस्य, कोषाध्यक्ष, अध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य, यूरोप क्षेत्रिय संयोजक हुदै उपाध्यक्षमा काम गरिरहेका छन् । आचार्यकै नेतृत्वमा काठमाडौको शंखमुल पार्क सम्पन्न भएको हो ।

एनआरएन युकेको ९औं राष्ट्रिय अधिवेशन सम्पन्न

निर्वाचनको लागि नमुना मतपत्र, एनआरएन युकेमा ११६ जनाको उम्मेदवारी

नेसस,
८ सेप्टेम्बर २०१९ का दिन युकेको अल्डरसुटको एक विद्यालय हलमा गैर आवासिय नेपाली संघ युकेको ९औं राष्ट्रिय अधिवेशन सम्पन्न भयो ।

राजदुत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य, एनआरएन केन्द्रका पूर्व अध्यक्ष शेष घलेको विशेष आतिथ्य र केन्द्रको पर्यवेक्षक यूरोप संयोजक शिव वरुवालको उपस्थितीमा अधिवेशन सम्पन्न भएको हो । बन्द शत्रमा महासचिवको सागठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित लगतै विधान शंसोधनमा एनआरएन टवान्टीटवान्टीको भिजनलाई मात्र पारित गर्दै वाँकी यथावत राख्ने निर्णय गरयो ।

आउदो विश्व सम्मेलनमा केन्द्रको अध्यक्षका प्रत्यासी उपाध्यक्ष कुमार पन्त र उपाध्यक्ष कुल आचार्यले समेत सम्बोधन गरे ।

अधिवेशनको सभापतित्व युके अध्यक्ष योग कुमार फगामीले गरेका थिए भने महासचिव राजकुमार त्रिपाठीले संचालन गरेका थिए । नयाँ नेतृत्वको लागि निर्वाचन आउदो १४ सेप्टेम्बरका दिन युकेका विभिन्न १३ निर्वाचन स्टेशनमा हुने भएको छ ।
——————————————————————————————

निर्वाचनको लागि नमुना मतपत्र

लण्डन । ६ सेप्टेम्बर २०१९ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि नमुना मतपत्र सार्वजानिक भएको छ । शुक्रवार साँझ निर्वाचन समितिद्धारा सार्वजानिक गरिएको मत पत्र १५ पेजको रहेको छ । मतपत्रमा सबै उम्मेदवारहरुको फोटो समेत राखिएको छ ।

Look all ballot paper>>>>


———————————————————————————————–

एनआरएन युकेमा ११६ जनाको उम्मेदवारी, १३ हजार मतादाता, २ लाख ७ हजार पाउण्ड जम्मा

गत १८ अगष्ट २०१९ का दिन गैर आवासिय नेपाली संघ (एनआरएन) युकेको आगामी नेतृत्वको लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन आउदो १४ सेप्टेम्बरका दिन विभिन्न मतदान केन्द्रमा हुनेछन् । युकेको राष्ट्रिय समन्वय समिति र चार राज्य समन्वय समिति (इङल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड)को निम्ति कुल ७४ पदमा ११६ जनाले उम्मेदवारी दिएका हुन् ।

नेतृत्वको मैदानमा उत्रिएका ५ अध्यक्षहरु मध्ये ३ जना अध्यक्षका दावेदारले शेर सुनुवार प्यानलमा गठबन्धन गरेका छन भने अर्का अध्यक्षका प्रत्यासी श्रीमति पुनम गुरुङ रहेकी छिन् ।

मतदाता प्रमाणित कुल संख्या १३ हजार ६ सय २९ बाट सदस्यता शुल्कबाट एक लाख ३६ हजार र उम्मेदवारी शुल्कबाट ७१ हजार पाउण्ड गरि जम्मा २ लाख ७ हजार पाउण्ड संकलन भएको छ ।

अध्यक्ष, महासचिव, महिला उपाध्यक्ष लगायतमा दुई उम्मेदवार मात्र परेकोले कम्तिमा ६८१५ मत ल्याएमा विजय हुनेछन तर सबै मतदाताहरु भोट हाल्न आउने सम्भावना नहुदा कम्तिमा साढे ५ हजार मतले विजय हुन सक्ने सम्भावना हुन्छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम
(आइसीसी सदस्य- ७)
रमेश शर्मा बास्तोला
अर्कराज तिम्सिना
दयानिधि सापकोटा
अर्जुनकुमार कटुवाल
राजन खकुरेल
सुरोज मास्के
ललितकुमार न्यौपाने
मनिष खड्का
कृष्णप्रसाद तिवारी
होमनाथ पौडेल
सालिक सापकोटा
सुशिला राई
योगकुमार फगामी
लिलादेवी गुरुङ

राष्ट्रिय समन्वय समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम

अध्यक्ष-१
पुनम गुरुङ
शेरबहादुर सुनार

उपाध्यक्ष-२
धनबहादुर सार्की
कमल पौडेल
पशुपति पोखरेल
सुनिलबाबु खड्का
प्रेमबहादुर गाहामगर

उपाध्यक्ष (महिला) १
रोजिनाप्रधान राई
बिमला लिम्बु

उपाध्यक्ष (स्कटल्याण्ड) १
मोहनकुमार कार्की
यघमूर्ति ढकाल
उपाध्यक्ष (वेल्स) १
रामचन्द्र पोखरेल

उपाध्यक्ष (उत्तरी आयरल्याण्ड) १
नारायणदत्त कंडेल

महासचिव १
फडिन्द्र भट्टराई
कमानसिंह कर्मा पहाडी शेर्पा

सचिव २
भाग्यनारायण राय
जीतबहादुर रानाभाट
कोशलेश्वर ढकाल (कृष्ण)
भोलाविक्रम राई
विष्णु खरेल

सचिव (महिला) १
लिला हाङमा सेलिङ मावो
रन्जिता मल्ल

कोषाध्यक्ष १
तिलकराम भट्टराई
तेजेन्द्र रोकामगर

सहकोषाध्यक्ष १
विष्णु चालिसे
शकुन्तला गुरुङ

युवा संयोजक १
हेमकुमार गुरुङ
तीर्थबहादुर मल्ल (अनिल)
नवीन गुरुङ

महिला संयोजक १
क्षमता ढकाल
प्रसुना कंडेल

सदस्य-१२
याम आचार्य
जितेन्द्रकुमार चेम्जोङ
भरतमणि चोङबाङ लिम्बु
समिर खनाल
सरस्वती खत्री क्षेत्री
कृष्णप्रसाद खरेल
भिमलाल भट्टराई
गोमा पौडेल
नृपेश उप्रेती
सुनिलकुमार साह
हेमकुमार लिम्बु
प्रकाशराज कंडेल
ज्ञानेन्द्रबहादुर आलेमगर
तारामैया गुरुङ
शिवबहादुर राना
तीर्थबहादुर थापा
लालबहादुर गुरुङ
चन्द्रकला लिम्बु
कोपिला वनेम लिम्बु
अमृता गिरी

इङ्ल्याण्ड राज्य समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम

अध्यक्ष १
भीम सारु मगर
दीपक श्रेष्ठ

उपाध्यक्ष १
लालबहादुर गुरुङ
सशांक शर्मा

सचिव १
नारायण पौडेल गाउंले
गोविन्द शर्मा खरेल

सहसचिव १
कृष्णप्रसाद बैद्य

कोषाध्यक्ष १
ध्रुवहरि बाँस्कोटा
पूण्यप्रसाद रेग्मी

सहकोषाध्यक्ष १
चन्दन गुरुङ
कृष्णप्रसाद बगाले

सदस्य-४
सीताकुमारी पन्त
बालकृष्ण दाहाल
बन्दना केसी
मोहनलाल ओली
प्रकाश न्यौपाने

स्कटल्याण्ड राज्य समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम कैफियत

अध्यक्ष १
छविलाल अर्याल
काशीराम भण्डारी

उपाध्यक्ष १
श्रीकृष्ण भेटुवाल
मनिष खत्री

सचिव १
कृष्णप्रसाद देवकोटा
दिवाकर पाण्डे

सहसचिव १
सजना गैरे भट्टराई

कोषाध्यक्ष १
कमला श्रेष्ठ
शर्मिला भण्डारी

सहकोषाध्यक्ष १
भोजराज खरेल

सदस्य ४
टिकाराम खरेल
शिवकान्त खराल
रामप्रसाद कंडेल
सुशिला गैरे
भूपालबहादुर कार्की

वेल्स राज्य समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम

अध्यक्ष १
कृष्णप्रसाद भण्डारी

उपाध्यक्ष १
अमृत घले

सचिव १
प्रकाश कंडेल

सहसचिव १
सन्जिव मैनाली

कोषाध्यक्ष १
विभूषणमान श्रेष्ठ

सहकोषाध्यक्ष १
शोभा राना पोखरेल

सदस्य ४
बलराम अधिकारी
खिमबहादुर क्षेत्री
जीवन केसी
रामेश्वर देवकोटा

उत्तरी आयरल्याण्ड राज्य समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम कैफियत

अध्यक्ष १
नारायणबहादुर कुंवर

उपाध्यक्ष १
बलबहादुर थापा

सचिव १
छमबहादुर रेग्मी

सहसचिव १
विष्णुबहादुर क्षेत्री

कोषाध्यक्ष १
रामु खड्का

सहकोषाध्यक्ष १
देवीलाल थापा

सदस्य ४
रामप्रसाद निउरे
अम्मरबहादुर खत्री
जयन्ती चुडाल
तुलसीराम पौडेल

भवदीय
प्रमुख निर्वाचन आयुक्त
१८ अगष्ट २०१९