समाचार

जसपाका दुई पालिका समिति पुनर्गठन

काठमाडौं, २६ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल भोजपुर जिल्ला अन्तर्गतका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् । जिल्लाको टेम्केमैयङु गाउँपालिका र रामप्रसादराई गाउँपालिकाको समिति पुनर्गठन गरिएको हो ।

हिजो (शनिबार) आयोजित भेलाले विदेन राईको अध्यक्षतामा २३ सदस्यीय टेम्केमैयुङ गाउँ समिति पुनर्गठन गरेको हो । त्यस्तै, जिल्लाको रामप्रसादराई गाउँ समिति पनि पुनर्गठन भएको छ । उक्त पालिका समिति आशिकमान राईको अध्यक्षतामा २१ सदस्यीय रहेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोपाल राई, किरात राष्ट्रिय समितिका मुख्यसचिव प्रशन्न राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button