NRNA Special

डा. शेष घलेसंग सहकार्य गर्दै एनआरएनए यूके भूकम्प पीडितको सहयोगमा जुट्यो

लन्डन । एनआरएनए यूकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका लागि डा. शेष घलेको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोवल एनआरएन फाउण्डेशनसंग सहकार्य गर्ने भएको छ ।

गत आइतबार जुममार्फत भएको एनआरएनए यूकेको आपतकालिन बैठकले डा. घलेको एमआइटीग्रुप र गैर आवासीय नेपाली संघले सामाजिक कार्य गर्न स्थापना गरेको ग्लोवल एनआरएनफाउण्डेशनसंग सहकार्य गर्ने निर्णय गरेको हो ।

यस सहकार्यसंगै एनआरएनए यूकेले भूकम्प पीडितका लागि आफ्नो तर्फबाट बेग्लै ५ लाख रुपैयांसहयोग गर्ने निर्णय पनि गरेको अध्यक्ष प्रेम गाहामगरले जनाए ।

संघले गो फण्डमीमार्फत भूकम्प पीडितका लागि चन्दा संकलन समेत शुरु गरेको छ । सहयोग गर्न योलिंकमा क्लिक गर्नु होला-https://gofund.me/bc08f329

६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा ठूलो जनधनको क्षतिभएको प्रति द्ःख व्यक्त गर्दै अध्यक्ष गाहामगरले मनकारी बेलायतवासी नेपालीलाई सहयोग गर्न पनिअपिल गरेका छन् ।

एनआरएनए यूके संलग्न भएको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोवल एनआरएन फाउण्डेशनले५०-५० लाख रुपैयां दिने निर्णय गरिसकेका छन् ।

गत कार्तिक १९ गते आइतबार गैर आवासीय नेपाली संघ र संघका पूर्व अध्यक्ष तथा संरक्षक एवंएमआइटी ग्रुप फाउण्डेशनका संस्थापक अध्यक्ष डा. शेष घलेको उपस्थितिमा भएको संयुक्त बैठकलेराहत तथा उद्दारका लागि पहिलो चरणमा एक करोड भन्दा माथि संकलन गरेको छ ।

यस कार्यका लागि संघका पदाधिकारीले ५० लाख रुपैयां उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेकाथिए भने एमआइटी ग्रुप फाउण्डेशनले सोही अनुपातमा थप ५० लाख रुपैयां उपलव्ध गराउनेप्रतिवद्धतापछि एक करोड रुपैयां संकलन भएको थियो ।

यसैबीच, २० कार्तिकका दिन दुवै फाउण्डेशनका तर्फबाट पहिलो चरणको राहत वितरण कार्य थालनीभएको छ । स्थानीय निकायको समन्वयमा पहिलो चरणको राहत अन्तर्गत भूकम्पबाट अति प्रभावितक्षेत्र आठबिसकोटका पीडितहरुका लागि एक हजार थान कम्बल र खाद्यान्न लिएर संघका युथ ब्राण्डएम्बासडर दिपेश खत्रीको नेतृत्वमा एक टोली त्यसतर्फ प्रस्थान गरिसकेको संघले जनाएको छ ।

यस अलवा डा. घलेको नेतृत्वमा संघका सल्लाहकारहरु एसी शेर्पा तथा श्याम तामाङ र एमआइटीग्रुप फाउण्डेशनका सञ्चालक सुरेश चित्रकार सम्मिलित एक संयुक्त टोलीले प्रभावित क्षेत्रको स्लगतअध्ययन गरि पीडित तथा जनप्रतिनिधिहरु र नेपाल सरकारका सरोकारवाला निकायहरुसंगकोछलफल तथा समन्वयमा आगामी दिनका लागि के कस्ता अल्प तथा दीर्घकालिन उद्धार, राहत तथासहयोग गर्दा बढी प्रभावकारी र दिगो हुनुका साथै स्थानीयहरुको प्राथमिकता पुरा गर्न सकिनेछ त्यसैअनुरुप थप सहयोगको खाका तयार गरिने पनि संघको सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button