समाचारसाहित्य सिर्जना

सतिसालेमा कवि दिप्सालीकाे एकल वाचन तथा स्रष्टा सम्मान

६ नाेभेम्बर, सतिसाले(केराबारी) । कवि प्रकाश दिप्साली राईको एकल सिर्जना वाचन माेरङकाे सतिसालेमा सम्पन्न भएको छ ।सतिसाले क्रिएटिभ ग्रुपकाे आयोजनामा साेमबार कवि दिप्सालीकाे सिर्जना वाचनसँगै स्रष्टा सम्मान पनि गरिएको छ ।

केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दिप्सालीले सतिसाले सम्झना लगायत तीन खण्डमा आफ्ना नौ वटा कविता सुनाए । स्वर्णिम साहित्य समाज सुनसरीका अध्यक्ष दिप्साली राष्ट्रिय कविता नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महाेत्सवका उत्कृष्ट दशका एक कवि पनि हुन् ।

एकल रचना वाचनमा आफ्नो सिर्जना प्रस्तुत गर्दै कवि दिप्साली ।

ग्रुपकी अध्यक्ष समीक्षा छिलिङ राईकाे अध्यक्षतामा नमुना पर्मकल्चर सिकाइ थलोमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका तीनजना व्यक्तित्वहरु सम्मानित भएका थिए । यसरी सम्मानित हुनेहरूमा शिक्षा तथा खेलकुद क्षेत्रतर्फ सावित्री माविका पूर्व प्रधानाध्यापक स्वर्गीय जीतबहादुर राईलाई मरणोपरान्त सम्मान ,सामाजिक क्षेत्रतर्फ सावित्री माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन सिंह लिम्बू र साहित्य क्षेत्रतर्फ साहित्यकार प्रकाश दिप्साली राईलाई कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगर, विशेष अतिथि वडा नं.५ का वडाध्यक्ष अजय लिम्बू र सतिसाले क्रिएटिभ ग्रुपका अध्यक्ष समीक्षा छिलिङ राईले सम्मान पत्र हस्तान्तरण गरेका थिए । सम्मानित व्यक्तिहरूमध्ये मोहनसिंह लिम्बु र स्वर्गीय जीतबहादुर राईबारे कुमार विश्वकर्मा र साहित्यकार दिप्सालीबारे राकेश राईले प्रकाश पारेका थिए ।

ममता पराजुलीको सञ्चालन गरेको कार्यक्रममा स्थानीय गायिका मनिता कुँवरले गीतबाट र कार्यक्रमका निर्देशक सनम तामाङ सम्बाेधनमार्फत स्वागत गरेका थिए । साे अवसरमा स्थानीय सर्जकहरु निशान विष्ट , विन्जु लुइँटेल, केवल धमलासहित अतिथि स्रष्टाबाट भीम विरही राईले कविता वाचन गरे ।

कार्यक्रममा पराजित पाेमु, तिर्थ विश्वकर्मा, भीम विरही राई, छविना लुङ्गेली मगर, सविता फागाे चाेङवाङ, दीपा मग्रान्ति लगायतकाे उपस्थिति रहेको थियोे । गायनमा मनिता कुँवर र विसान राईले प्रस्तुति दिए ।

कार्यक्रमका सहभागीहरू ।

करिब सय जनाको उपस्थिति रहेकाे कार्यक्रममा याङ्सिला पुस्तकालयकाे सहकार्य, केराबारी ५ वडा कार्यालयकाे सहयोग र मिडिया पार्टनरमा जेफाले सिर्जना डबली रहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button