विशेष सम्पादकीय

प्रिय पाठक, सहयोगी तथा शुभ चिन्तक ज्यू,

नेपाली समाचार आजबाट १० औं बर्षमा प्रवेश गरेको सहर्ष जानकारी गराउदै सम्पूर्ण पाठक, सहयोगी तथा शुभचिन्तकहरुमा नेपालीसमाचार परिवार शुभ कामना ब्यक्त गर्दछ ।

सन् २००९ को अप्रिलबाट हामीले यस नेपालीसमाचारडटकमको शुरुवात गरेका थियौ । शुरुवाती दिनहरुमा हामीलाई धेरै चुनौतीहरु थिए । त्यो वेला इन्टरनेटको दुनिया निश्चय नै अहिलेको जस्तो सहज पहुचमा थिएन र प्रभावकारिता पनि अहिलेको जस्तो थिएन । वेभ डिजाइन र होष्टिङको ब्यवस्थापन देखि समाचार संकलनको ब्यवस्थापनमा सहजता थिएन त्यति मात्र होइन वेभ पत्रकारलाई पत्रकार पनि मानिन्दैनथ्यो । यद्यपी हामी निरन्तर लागि रहयौ ।

यस नेपाली समाचार लोकका सबैको हक, अधिकार र अवसर समान हुनु पर्छ भन्ने मान्यता राख्दै आवाजहीनहरुको आवाजलाई प्राथमिकता दिदै अघि बढिरहेको बखत सम्बन्धित निकायले यसलाई बन्द गराउने अनेक प्रयत्न पनि गरे भन्न सकिन्छ । आधा दर्जन पटक यस वेभसाइटलाई नियोजित साइबर आक्रमण भएका छन् । अहिले पनि एमएसडस आक्रमणको कारण हामी डब्बल प्रोटेक्सनको साथमा संचालन गरिरहेका छौ । र, नेपालीसमाचार सम्पूर्ण नेपाली तथा गैर नेपालीहरुको निम्ति सदा झै संचालन हुने प्रतिबद्धता पनि जनाउदछ । नेपालीसमाचार लहड र रहरमा संचालन भएको होइन । यसका आफ्नै मान्यता र उद्देश्य रहेकोले सदैव पाठकहरु समक्ष वेभसाइट, सोसल मिडिया र सर्च इन्जिनमा हाम्रो सेवा रहिरहनेछ ।

नेपालीसमाचारडटकम अनलाईन संचालन भएको ३ बर्षपछि नेपालको प्रेस काउन्सिलमा ‘नेपाली समाचार’ पत्रिकाको रूपमा दर्ता हुन सफल भयो । यसको दर्ता नम्बर २६८/०६८/०६९ रहेको छ भने यसको पहिलो साप्ताहिक प्रकाशन १५ जुलाई २०१२ मा प्रारम्भ भयो र निरन्तर प्रकाशन भई स्थायी प्रमाणपत्र लिन सफल भएको छ । सातौ अंकको प्रकाशन पछि पुनः वेभ विशेष समाचारमा केन्द्रीत भएको छ ।

नेपाली समाचारलाई पटकपटक ह्याकरहरुले ह्याक गरेको कारण पुराना सामाग्रीहरू नभेटिन सक्छन तर अर्काइभ सर्चमा गएर प्राप्त गर्न सक्नु हुनेछ । यस नेपाली समाचारको ब्यवस्थापन पक्ष ज्यादै चुस्त र सबल भएकोले पनि यसको निरन्तरता हुनेमा ढुक्क छौ । नेपालीसमाचार एक मिडिया भएकोले मिडियाको धर्म भित्र रहेर गर्ने यसको सेवा अन्य मिडिया भन्दा भिन्न, विश्ष्टि अवश्य छ र हुनेछ । यस दर्शौ बार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु संचालनमा रहेको पनि जानकारी गराउदछौ ।

नेपाली समाचार आजको यो अवस्था सम्म आईपुग्नुमा धेरै हाम्रा मिडियाकर्मीहरुको योगदान रहेकाे छ । सम्पादक तथा सहयोगीहरु डि.बी. आङबुङ, मोहन राई परदेशी, देवेन्द्र खापुङ, प्रकाश पाक्सावा, देविका धर्तिमगर, स्व. पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा, अमर तुम्याहााङ, राजकुमार दिक्पाल लगायत प्रति नेपाली समाचार परिवार हार्दिक आभार ब्यक्त गर्दछ ।

अन्तमा, नेपालीसमाचारलाई सधै झै र बिशेष समाचार पोर्टलको रुपमा लिईदिनु भई साथ सहयोग र सद्भाव राखिदिन हार्दिक अनुरोध गर्दै पुनः यस नेपाली समाचारको दशौं बार्षिक उत्सवको अवसरमा हार्दिक शुभ कामना टक्राउदछौ । साथै आजैको दिन १३ औं लोकतन्त्र दिवस पनि परेको हुनाले सबैलाई लोकतन्त्र दिवसको पनि शुभ कामना ब्यक्त गर्दछौ ।

विश्वास दीप तिगेला
प्रकाशक तथा सम्पादक
११ बैसाख २०७६ तदनुसार २४ अप्रिल २०१९

नेपाली समाचार साप्ताहिक अंक १
नेपाली समाचार साप्ताहिक अंक २
नेपाली समाचार साप्ताहिक अंक ३
नेपाली समाचार साप्ताहिक अंक ४
नेपाली समाचार साप्ताहिक अंक ५
नेपाली समाचार साप्ताहिक अंक ६
नेपाली समाचार साप्ताहिक अंक ७