मनोरञ्जन

पहिचानवादीकाे ‘किरात लिम्बुवान’ गीत सार्वजनिक

२२ अक्टोबर, दमक ।  प्रदेश नं १ को नाम कोशी खारेजीको माग गर्दै पहिचान पक्षधरको आन्दोलनलाई समर्थन गर्दै थप उर्जा दिने उद्देश्यले ‘किरातलिम्बुवान’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक तथा संगीतकार ब्रविम सेर्मा चेसुङ लिम्बूको संगीत तथा आवाजमा किरात लिम्बुवान बोलको पहिचानवादी गीत सार्वजनिक गरिएको हो ।

प्रेमदिप थाम्सुहाङ र मन्दिप लिम्बुद्वयको शब्द रहेको उक्त गीतलाई किरात लिम्बुवान प्रदेश नामाङकन अभियान केन्द्रीय प्रचार प्रसार बिभागले तयार पारेको हो । यो गीतको भिडियो गायक व्रविम सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभाबाट प्रदेशको नाम कोशी घोषणा गरिएको थियो । त्यसलगत्तै पहिचान पक्षधर राजनीतिक र जातीय संघसंस्था र संगठनहरुले विभिन्न समयमा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

पहिचान बिरोधीहरुको पुत्ला जलाउनुका साथै पहिचानका लागि युवा दस्ताले परेट खेलेको दृश्य समेत समावेश गरिएको भिडयोमा पहिचानको आन्दलनमा शादत प्राप्त गरेका शहिदहरुको तस्बीर र आन्दोलनका केही झलकहरुको साथमा सँस्कृतिक नृत्यहरु समेत समावेश गरिएको छ । गीतमा प्रदेशको नाम अन्तिम विकल्प ‘किरातलिम्बुवान’ भनिएको छ ।

गीत संगीतको माध्यमबाट प्रदेश १ को नामाङकनको मुद्दालाई किनारा लगाउन र पहिचानको आन्दाेलनको ऐक्यबद्धता जनाउनलाई यो गीत सार्वजनिक गरिएको गायक तथा संगीतकार ब्रबिम सेर्मा चेसुङले बताए ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड तथा मिक्सिङ गरेको गीतको भिडियोको छायांकन तथा म्पादन एस.एम. पिक्चर्सले गरेका छन् ।

भिडियो हेर्नुहाेस् –

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button