समाचार

‘साउथ एशिया कराते कप–२०८०’ मा बझाङका सुदीप प्रथम

भातेखोला (बझाङ), २७ भदौ : साउथ एशियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाउनुभएको छ ।

भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेल्नुभएका कठायतले ५५ केजी तौलबाट प्रथम हुनुभएको हो । जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको हो । अठार वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गर्नुभएको हो ।

समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button